मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेटसम्बन्धी सबै रोग निको पार्ने आलस,के के छ फाइदा ?

सामान्यतया आलस हामी अचार बनाउँदा प्रयोग गर्छौ । यसबाहेक आलसका अन्य उपयोगिताहरूको विषयमा हामीलाई ज्ञान छैन र चासो राख्ने प्रयास पनि गर्दैनौ ।

तर अचारमा स्वाद भर्ने बाहेक आलसका अन्य औषधीय गुणहरू पनि रहेका छन् जसले हाम्रो पेटसम्बन्धी सबै प्रकारका रोगहरू निको बनाउँछ । यसलाई उत्तिकै चपाएर पनि खान सकिन्छ ।

व्यस्त जीवनशैलीका बावजुत आफ्नो स्वास्थ्यको ख्याल राख्नु निकै चुनौतीपूर्ण छ । यस कारण हामी हाम्रो खानपानमा ध्यान दिँदैनौ । र खानपानमा ध्यान नदिँदा पेटसम्बन्धी अनेकौँ रोगहरूले हामीलाई जेल्ने गर्छ ।

यस कारण यस्ता खानेकुराहरूको सेवन गर्‍यौ भने  पेटसम्बन्धी रोग लाग्न बाट हामी टाढा रहन सक्छौ । यसै मध्येको एक खानेकुरा हो आलस ।

आलस बहु उपयोगी खानेकुरा साथै आयुर्वेदिक औषधि पनि हो जुन खैरो रङ्गको मसिनो दानामा हुन्छ । यस दानाको नियमित सेवनले पाचन पक्रियालाई सुधारेर पेटलाई तन्दुरुस्त राख्दछ । आलसको सेवनले मधुमेह,मुटुसम्बन्धी रोग साथै क्यान्सरको जोखिम लगायतका रोगहरू कम गर्दछ । 

हरेक सय ग्राम आलसमा ५३४ क्यालोरी पाइन्छ । यसमा ४२ प्रतिशत फ्याट,२९ प्रतिशत कार्बन र १८ प्रतिशत प्रोटिन र ९५ प्रतिशत फाइबर हुन्छ । आलसमा ओमेगा थ्री, ओमेगा सिक्स,फ्याटी एसिड पाइन्छ । 

यसले छालासम्बन्धी रोगहरू एग्जिमा,डन्डीफोर, दाद आदि हटाउँछ । साथै प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । नरम र सिल्की कपालको लागि पनि आलस उपयोगी मानिन्छ ।

आलसले मुटुका धमनीहरूमा रगत जम्नबाट जोगाउँछ । उच्च रक्तचाप हुनेहरूका निमित्त पनि आलस अमृतसरह मानिन्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?