मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस तामाङको अडिसन सम्पन्न, पहिलो चरणमा बौद्धिक सुन्दरतामा जोड

काठमाडौं – मम्स इनटरनेशनलको आयोजनामा १६ औं संस्करणको मिस तामाङको अडिसन सम्पन्न भएको छ। मिस तामाङको १६ औं संस्करणका लागि २४८ जनाले आवेदन भरिएकोमा शनिबार बागबजार स्थिति हेलो क्याफेमा सम्पन्न पहिलो चरणको अडिसनमा ४८ जनाले भाग लिएका छन् ।

तामाङ कला,संस्कृति, र भाषा ‘ग्योई’ संरक्षण तथा प्रवर्द्धन भन्ने मुलनाराका साथ गरिएको मिस तामाङको पहिलो अडिसनमा सहभागि भएकाहरुको आत्मसवश्वास,आधारभूत क्षमता ‘फिजिकल विउटीभन्दा बौद्धिक सुन्दरतालाई हामीले जोड दिदै आएका बताएका छन् ।

तामाङ भाषा,धर्म,कला,संस्कृति,भेषभूषा,रितिरिवाज तथा रहनसहनलाई विश्वका तामाङसामु पुर्याउने उद्धेश्यले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको मम्स इनटरनेशनल नेपालकी निर्देशक रञ्जिता लामा तामाङले बताईन ।

तामाङ भाषा,संस्कृति,भेषभूषा,तामाङ सेलो,मौलिक नृत्य एवं तामाङ जातिको सांस्कृतिक, आर्थिक, राजनीतिक,सामाजिक अवस्थाबारे विज्ञहरुबाट प्रशिक्षत गराइनेछ ।

सहभागि तामाङ युवतीहरु पनि आफ्नो व्यक्तित्व विकासका साथै तामाङ भाषा,भेषभूषा,संस्कृति सिक्न र पुस्तान्तरणमा सघाउन तत्पर भएर प्रतियोगितामा विजेता तथा प्रथम हुनेले नगद १ लाख,फस्ट रनर अपले ५० हजार,सेकेण्ड रनरअपले ३० हजार,विजेता सबैले नगद पुरस्कार बराबरकै चाँदीको क्राउनका साथै गिफ्ट ह्याम्पर पाउनेछन् ।

विशेषगरी एसईई उतिर्ण गरेका,५ फिट उचाई भएका,१६ देखि २९ वर्ष उमेर समूहका युवतीहरुलाई सहभागिताको मापदण्ड राखेर मिस तामाङ आयोजना गर्दै आएको छ ।

मिस तामाङको ग्राण्ड फिनाले घोषणा ल्होछारको अवसरमा आउँदो फागुन १२ गते राष्ट्रिय सभागृहमा एक विशेष समारोह बीच मिस तामाङ २०२४ घोषणा गर्ने भएको छ।

अडिसनमा सहभागिहरुको अडिसन पूर्व मिस तामाङ एवम् नायिका सुमी मोक्तान,मिस तामाङ सफलता थिङ तामाङ र हालका मिस तामाङ पासाङ याङ्जीले अडिसन लिएका थिए। हालसम्म विजेता मिस तामाङहरुले हरेक पीडितहरुलाई सहयोग गरी सामाजिक कार्यक्रममा अग्रसर हुदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?