मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘जवान’ अभिनेता सांगे सेल्ट्रिम किन आए काठमाडौं ?

काठमाडौं – शाहरुख खान अभिनित फिल्म ‘जवान’ अभिनेता सांगे सेल्ट्रिम अहिले काठमाडौंमा छन् । अभिनेता प्रदीप खड्काको निमन्त्रणामा उनी शनिबार काठमाडौं आएका हुन् ।

तीन दिने भ्रमणमा नेपाल आएका उनको भ्रमणको उद्देश्य प्रदीपको मुख्य भूमिका रहने फिल्म ‘ऐरी’ अभिनयका लागि छलफल गर्न, काठमाडौँ घुम्ने र भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्टको बजार बिस्तार रहेको बताइन्छ ।

‘सांगेको नेपाल भ्रमणको उद्देश्य घुमघाम र छलफल मात्र हो’, अभिनेता प्रदीपले भने–‘अभिनय लगायत केही विषयमा छलफल त भएको छ । एग्रिमेन्ट भने भएको छैन ।’ केही सातापछि फिल्मको एग्रिमेन्ट पनि हुने र सार्वजनिक पनि गर्ने प्रदीपको भनाई रहेको छ । शनिवार ठमेल घुमेका सांगे चन्द्रागिरि पनि पुग्नेछन् भने सोमबार भारत फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?