मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तोरीको पिना बाक्लो, नरम र बलियो कपालका लागि अति उत्तम

काठमाडौं– तोरीको पिना जसमा धेरै प्रकारका भिटामिन, मिनरल्स, फाइबर, पोटासियम, आइरन, क्याल्सियम पाइन्छ । तोरीको पिना कपाल सफा गर्न प्रयोग गरिन्छ । सबै प्रकारका कपाल, तैलीय र सुख्खाका लागि प्रभावकारी छ पिना । जुन आजकल जैविक मलको एक हिस्सा बनेको छ ।

बाल्यकालमा हजुरआमाले कपाल धुन तोरीको पिना प्रयोग गरेको याद छ तपाईहरुलाई ? सुपर मार्केट वा कुनै पनि जैविक मल पसलमा तोरीको पिना सजिलै पाइन्छ । यसलाई कपाल सफा गर्न मात्र नभई हेयर मास्क र फेस मास्कको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

आजको समयमा कपाल झर्नु सामान्य कुरा हो । आज पनि गाउँमा अत्याधिक कपाल झर्नेहरुलाई तोरीको पिना प्रयोग गर्छन ।वास्तवमा, कपाल झर्नु ब्याक्टेरिया वा फंगल संक्रमणको कारण हुन्छ । एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुणले भरपुर मात्रामा हुनुका साथै तोरीको पिनाले टाउकोको सबै प्रकारको संक्रमणलाई पनि हटाउँछ । तोरीको पिनामा पाइने एन्टिअक्सिडेन्ट, भिटामिन ए, ई र मिनरल्सले कपाल बढाउन मद्दत गर्छ ।

तोरीको पिनालाई अर्को भाषामा मस्टर्ड केक पनि भनिन्छ । पिनामा थोरै मात्रामा तेल रहन्छ । कपालमा लगाउँदा कपाल चिल्लो हुन्छ र तिनीहरूको चमक बढ्छ । तेलमा पाइने प्रोटिन र ओमेगा ३ फ्याटी एसिडले टाउको र कपाललाई स्वस्थ बनाउँछ । तोरीको पिनामा अल्फा फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । तोरीको तेलले कपालमा कन्डिसनरको काम गर्छ । यसले कपालमा नमी कायम राख्छ । तपाईं तोरीको पिनाबाट हेयर मास्क पनि बनाउन सक्नुहुन्छ ।

तोरीको पिनालाई मिक्सरमा पीस गर्नुहोस् । एक चम्चा कागतीको रसमा पानी मिसाएर कपालमा लगाउनुहोस् र छोड्नुहोस् । आधा घण्टा पछि सफा गर्नुस । यो मास्कले कपाल झर्ने र डन्डीफोर कम गर्छ । दहीमा तोरीको पिना पाउडर मिलाउनुहोस् । यो पेस्ट कपालको जरामा राम्ररी लगाउनुहोस् । मास्क हटाउनु भन्दा १० मिनेट अघि, यसलाई तातो पानीमा निचोड्नुहोस् र तौलियालाई कपालमा कसेर बेर्नुहोस् । १५ मिनेट पछि, कुनै पनि हर्बल शैम्पूले कपाल धुनुहोस् ।

अनुहार मास्कको रूपमा

यदि तपाईको छाला सुख्खा छ भने, तपाईले कागती वा दहीमा तोरीको पिनाको पाउडर मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । यसले दाग धब्बा हटाएर अनुहारमा चमक ल्याउनेछ ।

तोरीको पिनाको फाइदाहरू

कपाल बाक्लो र बलियो बनाउँछ ।
यसले कपाललाई पूर्ण पोषण प्रदान गर्छ ।
मस्टर्ड केक एक प्राकृतिक कपाल क्लिन्जर हो ।
कपाल कन्डिसनको लागि प्रयोग गर्नुहोस् ।
कपाल मास्कको रूपमा प्रयोग गर्न सकिन्छ ।
दही र तोरीको केकको हेयर मास्क बनाउनुहोस् ।
फेस मास्कको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?