मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पुजार सार्की’को वर्कशपमा प्रदीप, पल र आर्यन सिग्देल

काठमाडौं – निर्देशक दिनेश राउतले फिल्म ‘पुजार सार्की’को वर्कशप सुरु गरेका छन् । फिल्मको छायांकन सुरु हुन भन्दा केही साता अगाडि वर्कशप सुरु भएको हो ।

फिल्मको वर्कशपमा मुख्य तीन नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह जोडिएका छन् । यस्तै, फिल्मका मुख्य दुई नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु पनि वर्कशपमा सहभागी भएका छन् ।

पुजार र सार्कीको कथामा निर्माण हुने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्ममा पुजारको भूमिकामा आर्यन सिग्देल र सार्कीको भूमिकामा प्रदीप खड्काले काम गर्न लागेको वुझिएको छ ।

फिल्मलाई सुभाष भुसालले निर्माण गर्दैछन् । दर्शकले यसपटक आर्यन र प्रदीपलाई यो फिल्ममा विशेष गेटअपमा देख्न पाउनेछन् । पल शाहको फिल्ममा धेरै दृश्य नभएपनि महत्वपूर्ण भूमिका रहेको वुझिएको छ । यो फिल्मको निर्माण टिमले आउँदो बर्षको जेठ महिनामा फिल्म रिलिज गर्न लागेको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?