मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री एन्जेलिना जोलीले हलिउड छाड्दै

काठमाडौं । ब्राड पिटसँगको लामो विवादका कारण वाक्क भएकी अभिनेत्री एन्जेलिना जोलीले हलिउड छाड्न चाहेको बताएकी छिन् ।

अभिनेता ब्राड पिटसँगको सम्बन्ध विच्छेदपछि फिल्म उद्योगमा र साथीहरूका बीचमा पनि आफ्नो छवि खराब व्यक्तिको रुपमा स्थापित गर्ने प्रयास गरिएको भन्दै उनले उद्योग नै छाड्ने मनस्थिति बनाएको समाचारमा उल्लेख गरिएको छ ।

‘अरू त अरु जोलीका साथीहरू पनि उनीसँग टाढिन थालेका छन् । उनीहरूको हिप्पोक्रेसी देखेर पनि जोली लसएन्जल्स छाडेर कोलम्बिया फर्कने योजना बनाइरहेकी छिन्,’ जोली निकट स्रोतलाई उद्दत गर्दै समाचारमा भनिएको छ ।

जोली कम्बोडिया फर्केर शरणार्थीहरुसँग काम गर्न इच्छुक रहेको पनि उल्लेख गरिएको छ । सन् २०१६ मा सम्बन्ध विच्छेद गरे पनि दुवैले संयुक्त रुपमा जोडेका सम्पत्तिको बाँडफाँडलाई लिएर निरन्तर आरोप प्रत्यारोप चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?