मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हात र खुट्टाको कालोपन हटाउन अपनाउनुहोस् यी घरेलु उपाय


 
काठमाडौं – मौसम परिवर्तन, अत्यधिक घाम होस या चिसो मौसम, पोषक तत्वको कमी, डिहाइड्रेसन वा हात र खुट्टाको सरसफाइमा बेवास्ताका कारण नङको वरिपरिको छाला कालो हुन थाल्छ । 

जुन अनुहार भन्दा बिल्कुलै फरक र खराब देखिन्छ । यदि तपाईका हातमा पनि यस्तो समस्या रहिरह्यो भने यी घरेलु उपाय अपनाएर हात र खुट्टाको छालाको कालोपन हटाउन सकिन्छ ।

आलुको रस 

आलुको रस छालाको टेनिङ हटाउनको लागि धेरै प्रभावकारी उपाय हुन सक्छ । आलुको रस क्लिन्जिङ एजेन्टको रूपमा काम गर्दछ। यो उपाय गर्न आलुको रस हात र खुट्टाको छालामा लगाउनुहोस्। आलुको रस लगाउनाले छालाको कालोपन हट्छ ।

मेवा

यो उपाय गर्नका लागि एक कचौरा मेवा पिसेर त्यसमा दुई चम्चा मह मिसाएर पेस्ट बनाउनुहोस् । अब यो पेस्ट आफ्नो हात र खुट्टामा कम्तिमा १५ मिनेटको लागि लगाउनुहोस् र त्यसपछि मनतातो पानीले धुनुहोस् ।

टमाटर

छालाको पिग्मेन्टेसनको समस्या हटाउन टमाटरको प्रयोग गर्नुहोस् । यस उपायको लागि, टमाटर काट्नुहोस् र ट्यान्ड गरिएको छालामा लगाउनुहोस् र रगाउनुहोस् । रसलाई छालामा रातभर लगाउने । बिहान सफा पानीले छाला धुनुहोस्। टमाटरमा लाइकोपीन पाइन्छ । जुन एक प्रकारको एन्टिअक्सिडेन्ट हो जसले एक्ने, पिग्मेन्टेसन जस्ता समस्याहरूलाई हटाउँछ ।

कागती

कागतीमा भिटामिन सी पाइने हुनाले यसले छालाको रंगलाई निखार्न मद्दत गर्छ । कागतीको यो उपाय गर्नका लागि यसलाई बीचबाट काट्नुहोस् र यसमा चिनी मिसाउनुहोस् । अब यो कागती कालो छालामा घिसाउनुहोस् । यसो गर्नाले छालाको कालोपन छिट्टै हट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?