मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फुटबलर किरण चेम्जोङ बुवा बन्दै

काठमाडौं – राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान किरण चेम्जोङ बुवा बन्ने भएका छन् । सामाजिक सञ्जाल मार्फत केही दिन अघि उनले पत्नी कञ्चन निरौलासँगको तस्विर सार्वजनिक गर्दै खुशीको खबर शेयर गरेका छन् ।

उनीहरुको बेम्बी बम्पसहितका तस्वीर सामाजिक सञ्जालमा देख्न सकिन्छ । उनले आफूहरुलाई सन् २०२४ मा सन्तान लाभ हुन लागेको बताएका छन् । किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाहबन्धनमा बाँधिएका थिए । डेढ वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए ।

गत वर्ष किरण सहभागी माजिया स्पोर्ट्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले सेलिब्रेसनकै क्रममा टीमको सामुन्ने प्रेमिकालाई औंठी लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?