मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भावस्थाका तीन चरण : हुन सक्छ खतरा, विशेष ख्याल राख्नुपर्छ

काठमाडौं – गर्भावस्था एक विशेष अवस्था हो । अझै भन्नु पर्दा गर्भावस्था जटिल अवस्था पनि हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ ।

पहिलो अवधि :
गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो चारणको अवस्था हो । गर्भवती आमालाई यो अवधिमा निकै खतरा हुने गर्छ । यो अवधिमा गर्भ तुहिने सबैभन्दा बढी सम्भवाना हुन्छ । खासगरि भ्रुणमा समस्या भएमा, पोषण नपुगेको अवस्थामा, एनिमिया भएमा गर्भ तुहिने अत्याधिक खतर हुन्छ ।

यो अवधिमा बेलाबखत ‘स्पोट ब्लीडिङ’ हुन सक्छ । यो भनेको एक दुई थोपा रगत देखिनु हो । यो सामान्य रुपमा लिनुपर्छ । तर, तर, अलि बढी नै ब्लीडिङ हुन थाल्यो भने स्वास्थ्य परिक्षण गराइहाल्नुपर्छ । अर्को थाहा पाउनु पर्ने कुरा सामान्यतया गर्भ बसेको १० हप्तापछि वाकवाकी लाग्न शुरु हुन्छ । कसैलाई आवश्यकभन्दा बढी पनि वाकवाकी लाग्न सक्छ । यस्तो कि त पोषण तत्वको सन्तुलन नमिलेर हुन्छ की बढी हर्मोनको कारणले ।

यो समयमा भुल्न नहुने अर्को कुरा गर्भवती आमाले टिजी खोप र फोलिक एसिड लिनुपर्छ । कहिलेकाँही ‘हाइडाटिड मोल’ पनि हुन सक्छ । यो भनेको गर्भ नबस्ने, तर गर्भवतीको जस्तो लक्षण देखिनु हो । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ ।

दोस्रो अवधि :
यो अवधिमा आमाको शरिरमा रगतको मात्रा बढी हुने गर्छ । यो अवधिमा खासगरि प्लाज्मको मात्रा बढी हुने गर्छ । यो चरणमा एनिमियाको पनि डर हुन्छ । त्यसैले रगतको मात्रा जाँच गरिराख्नुपर्छ । यो अवधिमा अधिकलाई रक्तचाप बढ्ने समस्या हुन्छ । जुन आमा र बच्चा दुवैको लागि खतरा हो ।

उच्च रक्तचाप कतिसम्म खतरनाक छ भने कुल भर्भवति आमाको मृत्यूमध्ये २१ प्रतिशतको ज्यान यसकै कारण जाने गरेको छ । त्यसैले समय–समयमा रक्तचाप जाँच गरी आवश्यक सजकता अपनाउनुपर्छ । १६ देखि २० हप्ताको अवधिबाट आमाले पेटमा बच्चा चलेको अनुभुति गर्न थाल्छ ।

यस्तो अवस्थामा पनि विशेष ख्याल राख्नुपर्छ । बच्चा कम वा बढी चल्यो भने जाँच गर्न जरुरी हुन्छ । यो अवधिमा दुई पटक अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्छ । त्यस्तै, आइरन, क्याल्सीयम, जुको आषधी पनि लिनुपर्छ ।

तेस्रो अवधि :
गर्भावस्थाको तेस्रो चरणमा प्रवेश गर्दा शिशुको तौल अत्याधिक बढ्ने गर्छ । यो अवधिमा शिशु कुन पोजिशनमा छ जानकारी लिनुपर्छ । यो अवधिमा राती १० र दिउसो दुई घण्टा अनिवार्य आरामको जरुरी हुन्छ । गर्भवति भएको आठौ र नवौं महिनामा खोप लिनुपर्छ । यो अवधिमा साल र नालको पनि विकास हुन्छ ।

यसको विकासक्रमबारे पनि राम्रोसँग जानकारी हुनुपर्छ । यो अवस्थामा पेट दुख्ने समस्या हुन्छ । बढी पेट दुखेमा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्छ । त्यस्तै, कतिपय गर्भवती महिलामा पानीको फोका फुटेर बग्न पनि सक्छ । गर्भवती भएको अन्तिम महिनामा जन्मको तयारी गर्नुपर्छ । यस्तो अवस्थामा कहाँ लगेर डेलिभरी गर्ने, रकम, सम्भावित जटिलता समाधानको लागि पूर्व तयारी राम्रोसँग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?