काठमाडौं- नेपालमा क्यान्सरको जोखिम बढ्दै गए पनि यसको उपचारविधि भने सहज बन्दै जान थालेको छ। समयमै उपचार गर्ने हो भने क्यान्सर अब डरलाग्दो रोगको रुपमा रहन छाडेको छ। तैपनि समयमै उपचार नगर्दा र जीवनशैलीमा सुधार नल्याउँदा यो रोग जोखिमपूर्ण बनेको छ।
विश्वमा क्यान्सरका रोगीमध्ये २.५ प्रतिशत स्तन क्यान्सरका बिरामी भेटिने गरेको तथ्यांक छ। पछिल्लो समय स्तन क्यान्सर कम उमेरका महिलामा देखिने गरेको छ। चिकित्सकको दाबी अनुसार नेपालमा स्तन क्यान्सर लागेका महिलामध्ये २० प्रतिशत ४० वर्षभन्दा कम उमेर समूहका छन्।
एक अनुमानित तथ्यांक अनुसार तीन वर्षअघि नेपालमा २० हजार भन्दा बढी क्यान्सरका बिरामी थिए, जसमध्ये दुई हजार स्तन क्यासर पीडित थिए। आखिर यो स्तन क्यान्सर भनेको के हो ? यसको उपचार कत्तिको जटिल छ ? अनि यसको जोखिमबाट बच्न के कस्तो सावधानी अपनाउनुपर्छ ? यिनै प्रश्नहरुमा केन्द्रित रहेर वीर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णसँग कुराकानी :
स्तन क्यान्सरलाई हामीले कसरी बुझ्ने ?
सामान्य भाषामा भन्नुपर्दा यो स्तनमा हुने क्यान्सर हो। अलि गहिरिएर बुझ्दा स्तनमा दुईवटा कुरा महत्त्वपूर्ण हुन्छन्। एउटा, दूध बनाउने ग्रन्थी र अर्को बनेको दूधलाई निप्पलसम्म लैजाने नली। दूध बनाउने ग्रन्थीलाई लोबिल भनिन्छ भने नलीलाई डक्ट भनिन्छ। लोबिलमा हुने क्यान्सरलाई लोबिलर क्यान्सर र डक्टमा हुने क्यान्सरलाई डक्टल क्यान्सर भनिन्छ। स्तनका यही दुईवटा भागमा बढी क्यान्सर हुन्छ, जसलाई स्तन क्यान्सर भनिन्छ।
कुन उमेर समूहका महिलामा यो रोग बढी लाग्ने गर्छ ?
विश्वभरिकै तथ्यांक हेर्ने हो भने पहिले स्तन क्यान्सर मध्यम उमेर र बृद्ध महिलामा बढी देखिने गथ्र्यो। पछिल्लो समय कम उमेरमा पनि स्तन क्यान्सर लागेका महिलाको संख्या बढ्दो छ। नेपालमा हालै गरिएको अध्ययनमा स्तन क्यान्सर लागेका महिलामध्ये २० प्रतिशत ४० वर्षभन्दा कम उमेरका छन्।
लोबिलमा हुने क्यान्सरलाई लोबिलर क्यान्सर र डक्टमा हुने क्यान्सरलाई डक्टल क्यान्सर भनिन्छ। स्तनका यही दुईवटा भागमा बढी क्यान्सर हुन्छ, जसलाई स्तन क्यान्सर भनिन्छ।
यसको कारण चाहिँ के रहेछ ?
ठ्याक्कै यही कारणले भन्न सकिँदैन। तर पहिले जनचेतनाको कमीका कारण ढिलो थाहा हुन्थ्यो। स्तनबाट शरीरका अन्य भागमा फैलिसकेपछि मात्रै क्यान्सर भयो भन्ने हुन्थ्यो। अहिले सुरुकै अवस्थामा पत्ता लाग्ने भएर कम उमेरमा पनि स्तन क्यान्सर लागेका महिलाको संख्या बढेको जस्तो देखिएको हुनसक्छ। खानपिन र जीवनशैलीको असरका कारणले पछिल्लो समय सानै उमेरमा स्तन क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ।
स्तनपान गराउने आमामा यसको जोखिम कति छ ?
स्तनपान नगराउँदा यसको जोखिम हुने हो। स्तनपान गराउने आमामा स्तन क्यान्सर लाग्ने सम्भावना एकदमै कम हुन्छ।
यो रोग लागेमा कस्ता लक्षण देखिन्छन् ?
सुरुवाती अवस्थामा स्तनमा नदुख्ने खालका गिर्खा आउने, छाला रातो हुने, सुन्निने, स्तनको छाला सुन्तलाको बोक्राजस्तो रंगको देखिने, निप्पल भित्रतिर जाने, काखी र घाँटीसम्म गिर्खाहरु आउने जस्ता लक्षणहरु देखिन सक्छन्। तर, छातीमा आउने सबैखाले गिर्खाहरु क्यान्सर हुँदैनन्। त्यसैले शंका लाग्ने बित्तिकै विशेषज्ञसँग परीक्षण गराउनुपर्छ।
स्तनपान नगराउँदा यसको जोखिम हुने हो। स्तनपान गराउने आमामा स्तन क्यान्सर लाग्ने सम्भावना एकदमै कम हुन्छ।
स्तन क्यान्सर कत्तिको जोखिमपूर्ण हुन्छ ?
डब्लुएचओको तथ्यांक अनुसार स्तन क्यान्सरबाट महिलाको मृत्यु हुने सम्भावना करिब २.५ प्रतिशत छ। अर्थात स्तन क्यान्सर भएका हरेक ३९ जना महिलामध्ये एक जनाको मृत्यु हुन्छ। यो अहिलेको अवस्था हो। पहिले यो समस्या विकराल थियो। पछिल्लो समय उपचार प्रविधिमा आएको विकाससँगै मृत्यु हुनेको संख्या घटेको छ।
अर्को कुरा, यो केमा निर्भर गर्छ भने कस्तो अवस्थामा उपचार सुरु भएको छ। सुरुकै अवस्था, जस्तै- स्तनमा मात्रै क्यान्सरका लक्षणहरु देखिएको छ र त्यस्तो अवस्थामा उपचार सुरु गरियो भने शतप्रतिशत नै निको पार्न सकिन्छ। तर, शरीरका अन्य भागमा फैलिसकेको छ र स्तनमै पनि धेरै भइसकेको छ भने निको हुने सम्भावना कम हुन्छ।
यहाँले विश्वको तथ्यांकको कुरा गर्नुभयो, नेपालमा स्तन क्यान्सरका बिरामीहरुको अवस्था कस्तो छ ?
डब्लुएचओको अनुमानित तथ्यांक अनुसार नेपालमा सन २०२० मा २० हजार भन्दा बढी क्यान्सरका बिरामी फेला परेका थिए, जसमा दुई हजार स्तन क्यान्सरका बिरामी थिए। यो सबै भन्दा बढी देखिने क्यान्सरमध्ये तेस्रो स्थान हो। यसमध्ये मृत्यु कति हुन्छ भनेर भन्न सकिँदैन। तर, बिरामीहरु शरीरका अन्य भागमा पनि फैलिसकेको अवस्थामा मात्रै उपचारका लागि आउने हुँदा अनुसन्धान गर्ने हो भने यो तेस्रो, चौंथो नम्बरमै आउँछ होला।
डब्लुएचओको अनुमानित तथ्यांक अनुसार नेपालमा सन २०२० मा २० हजार भन्दा बढी क्यान्सरका बिरामी फेला परेका थिए, दुई हजार स्तन क्यान्सरका बिरामी छन्।
के स्तन क्यान्सर पुरुषमा पनि हुन्छ ?
हो, स्तन क्यान्सर पुरुषमा हुनसक्छ। तर, तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषमा स्तन क्यान्सर हुने सम्भावना एकदमै कम हुन्छ।
स्तन क्यान्सर भइसकेपछि उपचारविधि के छ ? यसको विकल्प शल्यक्रिया नै हो या औषधिले पनि निको पार्न सकिन्छ ?
स्वास्थ्य विज्ञानमा क्यान्सरको उपचारमा हरेक दिन नयाँ-नयाँ प्रविधिको विकास भइरहेको छ। यसको उपचारका लागि अप्रेशन, किमोथेरापी, रेडियोथेरापी र हर्मोनल थेरापी नै गरिन्छ। त्यस बाहेक अन्य उपचारविधि पनि छन्। तर, समग्रमा भन्नुपर्दा शल्यक्रिया नै यसको मुख्य उपचारविधि हो।
स्तन क्यान्सरको उपचार कत्तिको खर्चिलो छ ?
कुन स्टेजमा छ, कस्तो छ र कहाँ उपचार गराउने भन्ने कुरामा निर्भर गर्छ। तर, न्यूनतम उपचारको कुरा गर्ने हो भने अप्रेशन, रेडियोथेरापी, किमोथेरापी सबै गर्दा दुईदेखि तीन लाखसम्म लाग्न सक्छ। यसमा सरकारले एक लाख रुपैयाँ सहयोग पनि गर्ने गरेको छ। यही उपचार निजी अस्पतालमा गर्ने हो भने महँगो पनि पर्न सक्छ।
खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने र बच्चा जन्मेपछि स्तनपान गराउने गर्यौं भने स्तन क्यान्सरबाट केही हदसम्म बच्न सकिन्छ।
स्तन क्यान्सर नलागोस् भनेर यसबाट बच्न के गर्न सकिन्छ ?
स्तन क्यान्सरबाट बच्ने कुनै पनि निश्चित उपाय छैन। तर, यसका केही जोखिम छन्, तीमध्ये जोखिम हामीले कम गर्न सक्छौं भने कुनै हामीले परिवर्तन गर्न सक्दैनौं। जस्तै- महिला भएर जन्मिनु, ठूलो हुनु, जिनमा परिवर्तन आउनु यस्ता कुराहरुलाई हामीले परिवर्तन गर्न सक्दैनौं। तर, मदिराको सेवन, अत्यधिक मोटो हुनु, सन्तान नजन्माउने, स्तनपान नगराउने जस्ता कुरामा सुधार गर्न सकिन्छ। खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने र बच्चा जन्मेपछि स्तनपान गराउने गर्यौं भने स्तन क्यान्सरबाट केही हदसम्म बच्न सकिन्छ।
अन्त्यमा, याहाँका सुझाव केही छन् कि ?
स्तन क्यान्सरको जोखिमबाट बच्न खानपानसँगै जीवनशैलीमा सुधार गर्नुपर्छ। आफ्नो स्वास्थ्यप्रति जहिल्यै सजग हुनुपर्छ। स्तनमा गाँठाहरु देखिएमा विशेषज्ञको सल्लाह अनुसार उपचार गराइहाल्नुपर्छ। अर्को महत्वपुर्ण कुरा, स्तनमा गिर्खा आएपछि मात्रै चेकजाँच गर्नुभन्दा पनि वर्षमा एकपटक महिला रोग विशेषज्ञ अर्थात् क्यान्सर रोग विशेषज्ञसँग स्तन जचाउनु आवश्यक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया