मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तेलुगु फिल्ममा देखिँदै नवाजुद्दिन,सुटिङमा परेका थिए दुर्घटनामा

काठमाडाैँ– बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी फिल्म ‘सैन्धव’ बाट तेलुगु फिल्ममा देखिँदै छन् ।

शैलेख कोलानुको यो फिल्म छिट्टै प्रदर्शनमा आउने बताइएको छ । जसमा नवाजुद्दिन विकास मलिक नामको एक व्यवसायीको भूमिकामा देखिने छन् ।

नकारात्मक भूमिकामा देखिन लागेका उनले हैदरावादमा आयोजित प्रेस कन्फ्रेसमा फिल्ममा काम गरेको तथा तेलुगु सिकेको विषयबारे बोलेका छन् । फिल्म सुटिङको किस्सा सुनाउँदै उनले आफू झन्डै दुर्घटनाको सिकार भएको बताएका छन् । 

उनलाई सुटिङको कुनै अविस्मरणीय किस्सा बारे सोध्दा यो प्रसङ्ग सुनाएका उनले सुटिङको क्रममा ठुलो लहर आएको आफू डुङ्गाबाट उछिट्टिएको बताएका हुन । भाग्यवश फेरि डुङ्गामा नै खसेको र यो दृश्य क्यामरामा कैद भएको उनले सुनाए । 

यो दृश्य फिल्ममा पनि देखाइने नवाजुद्दिनले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?