मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रश्मिका मन्दना र विजय देवरकोन्डा विवाहको तयारीमा !

काठमाडाैँ – दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना विवाह बन्धनमा पर्न लागेको खबर सार्वजनिक भएको छ ।

फिल्म ‘गीता गोविंदम’ को सुटिङबाट नजिकिएका उनीहरू दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ । 

त्यस्तै विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।  उनीहरूलाई नजिक बनाएको यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । 

दर्शकको मन खासै जित्न नसकेको ‘गीता गोविंदम’ले दुई जनाको मन भने मिलाएको थियो । 

यद्यपि रश्मिका अहिले पुष्पा २ को सुटिङमा व्यस्त छिन् भने विजय अहिले गीता गोविन्दमका निर्देशक परशुराम पटेलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् । 

यही कारण यो हल्ला मात्र भएको आशङ्का गरिए पनि रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको तथा परिवारले नै विवाहका लागि मन्जुरी दिएको भारतीय सिने मिडियाहरूले दाबी गरेका छन् । 

सञ्चार माध्यम सूत्रलाई उद्धृत गर्दै छापेको समाचारअनुसार फेब्रुअरीको दोस्रो हप्तामा दुवैले मगनी गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?