काठमाडाैँ – दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना विवाह बन्धनमा पर्न लागेको खबर सार्वजनिक भएको छ ।
फिल्म ‘गीता गोविंदम’ को सुटिङबाट नजिकिएका उनीहरू दुवैले एक अर्कासँग मगनी गरेको खबर पनि अहिले निकै चलिरहेको छ ।
त्यस्तै विजय र रश्मिका बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनीहरूलाई नजिक बनाएको यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए ।
दर्शकको मन खासै जित्न नसकेको ‘गीता गोविंदम’ले दुई जनाको मन भने मिलाएको थियो ।
यद्यपि रश्मिका अहिले पुष्पा २ को सुटिङमा व्यस्त छिन् भने विजय अहिले गीता गोविन्दमका निर्देशक परशुराम पटेलासँग नयाँ फिल्ममा काम गरिरहेका छन् ।
यही कारण यो हल्ला मात्र भएको आशङ्का गरिए पनि रश्मिका हरेक चाडपर्वमा विजयको घर जाने गरेको तथा परिवारले नै विवाहका लागि मन्जुरी दिएको भारतीय सिने मिडियाहरूले दाबी गरेका छन् ।
सञ्चार माध्यम सूत्रलाई उद्धृत गर्दै छापेको समाचारअनुसार फेब्रुअरीको दोस्रो हप्तामा दुवैले मगनी गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया