मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने

काठमाडौँ – भारतको अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठामा नेपाली पुजारीले गराउने भएका छन् ।

श्रीराम जन्मभूमि अयोध्यामा भगवान् रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीतिरिवाजले विशेष पूजा १६ जनवरीदेखि प्रारम्भ हुँदै छ । २२ जनवरीको प्राण प्रतिष्ठासम्म चल्नेछ यही पूजाका लागि नेपाली मूलका पुजारी आचार्य दुर्गाप्रसाद गौतमलाई निम्तो गरिएको हो ।

झापा जिल्लाको मेचीनगर निवासी आचार्य गौतमलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले अयोध्याको नवनिर्मित मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रणा पत्र पठाएका हुन् ।

गौतम ती व्यक्ति हुन जसले श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारणसहित शिलान्यास गराएका थिए ।

गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको बताए । शिलान्यासको समेत अवसर पाएको बताउँदै उनले पुरा भारतकै चासो रहेको र हिन्दुहरूको आस्थाको केन्द्रमा हुन लागेको विशेष समारोहमा अवसर पाउनु पूरै देशकै लागि गौरवको विषय भएको प्रतिक्रिया दिए ।

अयोध्याको राम मन्दिर प्राण प्रतिष्ठा समारोहका लागि नेपालका विभिन्न सन्त तथा धार्मिक सङ्गठनका प्रमुखलाई निम्तो आएको छ । समारोहमा नेपालबाट झन्डै ३०–३५ साधु सन्तहरू सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?