मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन दाहिनेबाट नै घुमिन्छ मन्दिर ?

धेरै मानिसलाई मन्दिर जाँदा पुरै परिक्रमा नगरे मन्दिर गए जस्तो लाग्दैन । मन्दिरको पुरै परिक्रमा गरेमा मात्र आफ्नो मनोकामना पूर्ण हुने सबैको विश्वास छ । सायद तपाइँलाई पनि यस्तै हुन्छ होला !

मन्दिर परिक्रमा गर्दा जहिले पनि दाहिनेबाट नै गर्नु पर्छ भनिन्छ । यसको कारण धेरैलाई थाहा नहुन सक्छ ।

हिन्दु धर्ममा मन्दिरको परिक्रमा वा मन्दिरको वरिपरि घुम्दा पुण्य पाइन्छ भन्ने मान्यता छ । मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजा अर्चना गरिन्छ ।

त्यसपछि मन्दिर परिक्रमा गरिन्छ र जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतै तिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जा लाभ हुँदैन, अर्थात् मनोकामना पुरा हुँदैन ।

शास्त्रका अनुसार मन्दिर र भगवानको परिक्रमा गर्नाले शरीरमा सकारात्मक ऊर्जा प्रवेश गर्छ र यो ऊर्जा व्यक्तिको साथमा घरमा पनि आउँछ, जसले सुख–शान्ति प्राप्त गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?