मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ओटीटीमा’ यात्रामा हिरानी,‘टुवेल्थ फेल’मनोजसँग सहकार्यको तयारी

बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी ओटीटी प्लाटफर्ममा पाइला राख्ने तयारीमा छन् । अहिले हालै रिलिज भएको आफू निर्देशित फिल्म ‘डंकी’को सफलतामा रमाइरहेका उनले ओटीटी शो गर्न लागेका हुन । 

यो शोमा ‘टुवेल्थ फेल’ फेम्ड अभिनेता विक्रान्त मेसी मुख्य भूमिकामा हुनेछन् । जसको सुटिङ यही महिनाबाट सुरु हुने बताएका हिरानीले आफू  शोको निर्देशक नभई रनरमात्र भएको समेत प्रष्ट पारेका छन् । 

‘यो हटस्टार (डिज्नी प्लस हटस्टार)को लागि एक शो हो र विक्रान्त मेसी यसमा भूमिका खेल्दैछन्,’ हिरानीले भने ।

हिरानीलाई ‘मुन्ना भाइ’को तेस्रो सिक्वेलबारे पनि सोधिएको थियो । जवाफमा उनले राम्रो स्क्रिप्ट भए मात्र फिल्म बनाउन चाहेको बताए । उनले आफूसँग मुन्ना भाइका धेरै स्क्रिप्ट रहेको भन्दै हरेक अहिलेसम्म ती फाईनल भई नसकेको उनको भनाई छ ।

उनीसँग यति बेला ‘मुन्ना भाइ चले अमेरिका’, ‘मुन्ना भाइ बीए एलएलबी’ र ‘मुन्ना भाइ चल बसे’ आदि छन् ।

हिरानीको निर्देशनमा बनेको कमेडी–ड्रामा फिल्म ‘डंकी’ अहिले प्रदर्शन भइरहेको छ । फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन इरानी लगायतको अभिनय छ ।

यो फिल्मको कथा ‘डंकी फ्लाइट्स’को अवधारणामा आधारित छ भने अवैध मार्गबाट विदेश जानेहरूको कथा हो । 

अर्कोतर्फ विक्रान्तले विधुविनोद चोपडाको ड्रामा फिल्म ‘टुवेल्थ फेल’मा गरेको अभिनयका कारण चर्चामा छन्। यो फिल्म सन् २०१९ मा मनोजकुमार शर्माको वास्तविक जीवनको कथामा अनुराग पाठकले लेखेको पुस्तकमा आधारित छ । 

यो फिल्मले एक युवकको कथा भन्छ जसले गरिबीलाई जितेर आईपीएस  अफिसर बन्न सफल भयो । मेसीबाहेक फिल्ममा मेधा शंकर, अनन्त वी जोशी, अंशुमान पुष्कर र प्रियांशु चटर्जीको पनि अभिनय छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?