मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यशको फिल्म ‘टक्सिक’ मार्फत साउथमा डेब्यु गर्दै करिना

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार यशको आगामी फिल्म ‘टक्सिक’मा करिना कपुर मुख्य भूमिकामा देखिन लागेको चर्चा गर्माएको छ । निर्माता करिनालाई शीर्ष नायिकामा लिन उत्सुक छन् र उनलाई साइन गराउन छलफलमा जुटेका छन् ।

यश र निर्माता ‘टक्सिक’ फिल्मलाई लार्जर द्यान लाइफ तुल्याउन एक यस्तो नाम चाहन्थे, जसमार्फत बृहत दर्शक सख्ंयालाई समेट्न सकियोस् । यदि करिनासँग कुरा मिल्यो भने यो उनको साउथ डेब्यु र यशसँग पहिलोपटक अपोजिटमा पनि देखिनेछिन् ।

यशले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै ‘टक्सिक’ नामको घोषणा गरेका छन् । गीतु मोहनदासले निर्देशन गर्ने यो फिल्म १० अप्रिल २०२५ मा सिनेमाघरमा रिलिज हुनेछ ।

अभिनेता यशले इन्स्टाग्राममा एक भिडियोसँग शीर्षक घोषणा गर्दै लेखेका छन्, ‘तपाईं के खोज्दै हुनुहुन्छ त्यसले तपाईंलाई खोजिरहेको छ टक्सिक ।’ भिडियोमा उनलाई टोपी र मुखमा चुरोट लगाएको लुक्स देखाइएको छ । फिल्म केभिएन प्रोडक्सनले निर्माण गर्नेछ । यश सेप्टेम्बरमा फिल्मको प्रि(प्रोडक्सनका लागि लण्डन गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?