मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रेकअपको चर्चाबीच मलाइकाको जन्मदिनमा अर्जुनले शेयर गरे रोमान्टिक तस्बिर

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको ब्रेक–अप पछिल्ला केही महिनादेखि लगातार हेडलाइन बनिरहेको छ । दुईबिचको सम्बन्ध टुटेको अफवाह आइरहँदा दुवैले यस मामिलामा मुख खोलेका छन् ।

एउटा खबरका अनुसार मलाईका र अर्जुनको ब्रेक अप २ महिनाअघि नै भइसकेको थियो । तर आफ्नो मायालाई अर्को मौका दिन दुवै फेरि सँगै आएको बताइएको छ । लामो समयदेखि यी दुईजनाबिच केही कुरालाई लिएर विवाद चलिरहेको थियो । सोही कारण दुवैले सम्बन्ध अन्त्य गर्ने फैसला पनि गरेका थिए । तर यी दुई एक अर्कासँग अलग हुन सकेनन् ।

ब्रेकअपको कारणबारे कयौँ अड्कलबाजी चलिरहेको छ । दुईमध्ये एक जनाको चाहना बिहे गरेर सेटल हुने थियो । तर यसका लागि अर्को चाँहि राजी नभएकोले ब्रेकअप भएको सुन्नमा आएको छ । दुईको ब्रेकअप भएको अफवाह त्यतिबेला चर्चामा आयो जतिबेला मलाइकाले सामाजिक सञ्जालमा अर्जुन र उनका परिवारका सदस्यहरुलाई अनफलो गरिन् ।

यो अफवाहलाई गलत साबित गर्दै अर्जुन कपुरले मलाइकाको जन्मदिनमा उनीसँगको एउटा रोमान्टिक तस्बिर शेयर गरेर प्रेमिल क्याप्सन पनि लेखेका थिए । अर्जुनको यो पोष्टमा मलाइकाले कमेन्ट गर्दै ‘आई लभ यु’ भनेकी थिइन् । मलाइकासँग ब्रेकअपपछि अर्जुन इन्फ्लुएन्सर र अभिनेत्री कुशा कपालीलाई डेट गरिरहेको हल्ला चलेको थियो । कुशाले पनि यो अफवाहलाई गलत बताएकी थिइन् ।

अर्जुन र मलाइकाले विगत ८ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । दुवैले सामाजिक सञ्जालमा एक अर्कासँगको फोटो शेयर गरिरहेका हुन्छन् । तर विगत केही दिनयता उनीहरुले यस्तो गर्न छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?