काठमाडौं – चीनले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान स्याटेलाइट सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ।
तियानमु १ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित स्याटेलाइटहरू, कुआइझोउ-१ ए क्यारियर रकेटद्वारा ‘बेइजिङ समय’ साँझ ७:२० मा शुक्रबार प्रक्षेपण गरिएको थियो र योजनाबद्ध कक्षमा प्रवेश गरेको सिन्ह्वाले रिपोर्ट गरेको छ।
तिनीहरू मुख्यतया व्यावसायिक मौसम डाटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ। यो कुआइझोउ १ ए रकेटहरूको २५ औं उडान अभियान थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया