मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घ्युकुमारी तीतो स्वाद तर अनेकौं फाइदा

काठमाडौं – घर वरपर पाइने घ्युकुमारी धेरैजसो रोगको अचुक औषधि हो । तीतो स्वाद हुने यसका अनेकौं फाइदा छन् । पछिल्लो समय घ्युकुमारीका फाइदाबारे ज्ञान पाएपछि अधिकांशले आफ्नो घरमै यसको खेती गर्न थालेका छन् ।

घ्युकुमारीमा भिटामिन ए, बी, बी १२ का साथै फोलिक एसिड, क्याल्सियम, म्याग्नेसियम र पोटासियमलगायत तत्वहरु पाइन्छ । पोलेको घाउमा घ्युकुमारी लगाउँदा यसले निकै राहत दिन्छ । यसको जेल बनाएर छालामा लगाउँदा सौन्दर्यतामा निखार ल्याउँछ । विभिन्न रोगको उपचारमासमेत यो सहयोगी मानिन्छ ।

अपच हुने र पेटभित्र ग्यास उत्पन्नपछि पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा निकै आराम मिल्ने बताइन्छ । यसको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि यसको सेवन लाभदायक मानिन्छ ।

घ्युकुमारीको जुस खानाले रक्तसञ्चार प्रवाहमा अवरोध नहुने र कोलेस्टेरोलसमेत बढ्न पाउँदैन । शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने यसको जुस सेवन गर्दा पूर्ववत अवस्थामा आउने अनुसन्धानबाट प्रमाणित भएको हो ।

कब्जियत भएको अवस्थामा घ्युकुमारी पानीमा मिसाएर खाने खाँदा पेट सफा हुन्छ । तर, कतिपय रोगका लागि यो हानिकारक पनि हुनसक्छ । जस्तो कलेजोसँग सम्बन्धित रोग, गर्भवती महिलालगायतले भने घ्युकुमारी अर्थात् एलोभेरा सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?