मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वारी इनर्जीले अमेरिकामा १ अर्ब डलर लगानी गर्ने, अनुदान र करमा छुट दिने

नयाँ दिल्ली – भारतीय सौर्य प्यानल उत्पादनकर्ता कम्पनी वारी इनर्जीले अमेरिकाको टेक्सासमा १ अर्ब डलर लगानी गर्ने भएको छ । अमेरिकामा हरित ऊर्जाको माग बढिरहेको भन्दै वारी इनर्जीले टेक्सासमा लडानी गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा हरित ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले सोलर उत्पादन गर्ने कम्पनीलाई अनुदान र करमा छुट दिने घोषणा गरेसँगै वारीले लगानी गर्न लागेको हो ।

वारीको लगानीमा स्थापित कारखानाले १५ सय जनालाई रोजगारी प्रदान गर्ने अपेक्षा गरिएको छ । सन् २०२४ सम्म यस कारखानाले ५ गिगावाटसम्म ऊर्जा उत्पादन गर्ने र सन् २०२७ सम्म कारखाना अमेरिकाकै सबैभन्दा ठूलो सोलर उत्पादनकर्ता हुने वारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?