मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनमा एआईको प्रयोगले मिथ्या सूचनाको बिगबिगी

काठमाडौं – सामाजिक सञ्जालको प्रयोगले कहाँ के भैइरहेको छ, तत्काल थाहा हुन्छ । सामाजिक सञ्जाल यस्तो प्रविधि हो जहाँ राम्रा र नराम्रा कुराहरुको प्रचार भैइरहन्छ । यस्तै पछिल्लो समय भाइरल भइरहेको एआईको प्रयोगले चीनमा तीव्र गतिमा मिथ्या सूचना फैलिरहेको पाइएको छ ।

चीनमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरी बनाइएका भिडियोका माध्यमबाट मिथ्या सूचना फैलिरहेको अस्ट्रेलियाको अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युट एएसपीआईले जनाएको छ । युट्युबमा भेटिएका केही चिनियाँ भिडियोको विश्लेषणबाट एएसपीआईले यस्तो निष्कर्ष निकालेको हो ।

एआईको प्रयोग गरी बनाइएका यस्ता प्रचार सामग्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्रसंशा गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका आलोचकहरुको निन्दा गर्ने गरेको बिटरविन्टरले जनाएको छ ।

यस्ता भिडियोमा चीन र रुस विश्व भूराजनीतिमा बलियो शक्ति रहेको, अमेरिकाविरुद्ध जारी प्रविधि युद्धमा चीनको जित भइरहेको र अमेरिकी अर्थतन्त्र खराब बन्दै गइरहेको तथा केही समयभित्र अमेरिका नै पतनको बाटोमा रहेको दाबी गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?