मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोमा छालालाई नरम र मुलायम राख्न के गर्ने ?

काठमाडौं- जाडोमा छाला सुख्खा, फुस्रो हुन्छ । यो समय चिसो हावाले गर्दा छाला फुट्ने लगायत विभिन्न छालासम्बन्धी समस्या जाडोमा धेरै हुन्छ । त्यसैले छालालाई चिसोमा बढी स्याहार चाहिन्छ । राम्ररी ख्याल राख्ने हो भने चिसोमा छालालाई नरम र मुलायम राख्न सकिन्छ ।

यो मौसममा छालामा विभिन्न समस्या देखिन सक्छ । खासगरी छाला सुख्खा र रुखो हुन्छ । सुख्खा छाला भएपछि चिलाउँछ । चाउरीपनाको समस्या पनि बढ्न सक्छ । त्यतिमात्र नभएर यो मौसममा छालामा ‘एक्जिमा’, ‘सोरायसिस’ लगायतका समस्या देखा पर्न सक्छ ।

जाडोमा अर्को ध्यान लिनुपर्ने कुरा हो, ‘हिटर’ र ‘ब्लोअर’ को प्रयोग गरिने भएकाले छाला प्रभावित हुन्छ । जाडोमा धेरै घाम तापिने भएकाले पनि छाला रुखो देखिन्छ । धूलो–धूवाँ, प्रदूषण र घामको किरणले गर्दा छालामा नकारात्मक असर पार्छ । छाला स्वस्थ राख्नका लागि हरेक दिन हेरचाह जरुरी हुन्छ ।

दैनिक स्किन केयर कसरी गर्ने

जाडोमा छालाको मुलायम बनाइराख्न नियमित ‘स्किन केयर’ फलो गर्नुपर्छ । बिहान र सुत्नुअघि दिनको दुईपटक अनुहार धुनुपर्छ । ‘क्लिन्जिङ’ गर्दा ३–५ मिनेट अनुहार मसाज गरेर पखाल्नुपर्छ । छालामा साबुनको प्रयोगले सुख्खा बनाउन त्यसैले साबुन छालाको लागी प्रयोग नगरेकै राम्रो हुन्छ । अनुहार धोइसकेपछि ‘टोनर’ लगाउनुपर्छ । धेरै ‘पोर्स’ खुल्ला भएमा ‘टोनर’ लगाउनैपर्छ । बिहान ‘मोस्चराइजर’ र राति‘नाइट क्रिम’ लगाउन बिर्सनु हुँदैन । दिउँसो लगाइने ‘क्रिम’ भन्दा ‘नाइट क्रिम’ बढी प्रभावकारी हुन्छ ।

मोस्चराइजरको प्रयोग

छालामा प्रयोग गनै दैनिक ‘मोस्चराइजर’ प्रयोग गर्नुपर्छ । यसको प्रयोग नियमित रूपमा गर्दा छाला मुलायम हुन्छ । यतिमात्र होइन, बिहान अनुहार सफा गरिसकेपछि ‘मोस्चराइजर’को प्रयोग गर्नुपर्छ । रातभर अनुहारमा तेल निस्कने भएकाले बिहान ‘फेसवास’ अनिवार्य गर्नुपर्छ । यसले छालाको छिद्र पनि सफा गर्छ जसकारण ‘क्रिम’ मज्जाले सोस्छ । यसले छालालाई ‘हाइड्रेट’ मात्र गर्दैन प्राकृतिक तेललाई पनि बनाइराख्छ । छालालाई ‘मोस्चराइज’ गर्नका लागि नरिवल वा जैतुनको तेल पनि प्रयोग गर्न सकिन्छ ।

सनस्क्रिनको प्रयोग

कतिपयले जाडोमा ‘सनस्क्रिन’को प्रयोग आवश्यक ठान्दैनन् । जाडोमा पनि ‘सनस्क्रिन’ नियमित लगाउनुपर्छ । यसले घामको विकिरणबाट बचाउँछ । छालाको ‘न्युट्रिसन लेभल’ पनि सन्तुलित बनाउँछ ।

स्क्रब

साताको एक पटक ‘स्क्रब’ गर्नुपर्छ । त्यसपछि प्याक लगाउनुपर्छ । यसले छालामा भएका मृतकोशिकाहरू हटाएर छाला सफा र स्वस्थ बनाउँछ । ‘स्क्रब’ गर्दा हल्का हातले मसाज गर्नुपर्छ । ‘स्क्रब’ घरमा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

फेसियल

जाडो महिनामा अर्ग्यानिक फेसियल गराउँदा राम्रो हुन्छ । जसले छालालाई प्राकृतिक चमक दिनुका साथै छालाको ‘पिएच लेभल’लाई मेन्टेन गर्छ । यदि तपाई पनि आफ्नो छालालाई स्वस्थ बनाउन चाहानु हुन्छ भने महिनाको एकपटक ‘फेसियल’ गर्नैपर्छ ।

छुटाउन नहुने कुरा,,,,,,,,,,,,,,,,,,

जाडोमा तातोपानीले नुहाउँदा मांसपेशीलाई राहत मिल्छ । तर नियमित तातोपानीको प्रयोग गर्दा छाला सुख्खा हुन्छ । त्यसैले मनतातो पानीको प्रयोग गर्दा फाइदा पु¥याउँछ । जाडो मौसममा कम पानी कम पिउँदा ‘डिहाइड्रेसन’को समस्या निम्त्याउँछ । शरीरमा पानीको मात्रा कम भएपछि छाला सुख्खा हुन्छ । त्यसैले जाडोमा छालाको चमक कायम राख्नका लागि प्रशस्तमात्रामा पानी पिउने गर्नु पर्छ । छालालाई मुलायम राख्ने अर्को कुरा हो, तपाईले खाने खाना। जाडोमा छाला सुख्खा हुने भएकाले यतिबेला छालाको चमक बनाइराख्नका लागि स्वस्थ खाना खानुपर्छ । स्ट्रबेरी, ब्लुबेरी, सुन्तला, अमला आदि फलले अनुहारमा निखार ल्याउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?