मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री नम्रताले गरिन् योग शिक्षकको रुपमा स्नातक उत्तीर्ण

काठमाडौं – अभिनेत्री नम्रता सापकोटाले योग शिक्षकको रुपमा स्नातक ‘ग्राजुएसन’ उत्तीर्ण गरेकी छिन् । ओशो सन्यासी बनेको डेढ वर्षपछि अभिनेत्री सापकोटाले भारतको केरलाबाट योग शिक्षकको रुपमा स्नातक ‘ग्राजुएसन’ उत्तीर्ण गरेकी छन् । त्यहाँको शिवानन्द धन्वन्तरी आश्रममा उनले योग सिकेकी छिन् ।

सामाजिक सञ्जालबाट उनले आफू योग टिचरको रुपमा ग्राजुएट भएको फोटो सार्वजनिक गरेकी छन् । उनी यतिबेला भारतको गोवामा रमाइरहेकी छन् । समुन्द्री तटमा योग गरिरहेकोदेखि सूर्यास्तमा रमाइरहेको उनको फोटो आकर्षक देखिन्छ ।

एक तस्वीरमा उनी ध्यानमग्न मुद्रामा योग गरिरहेकी छिन् । केही समयदेखि लगातार उनले दक्षिण भारतका विभिन्न ठाउँमा हट र आकर्षक फोटो सार्वजनिक गरिरहेकी छिन् । कामको कुरा गर्दा नम्रता अभिनित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?