मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एथर एपेक्सको सबैभन्दा तीव्र गतिमा कुद्न सक्ने स्कुटर लन्च

काठमाडौं – एथर इनर्जीले आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ’४५० एपेक्स’ शनिबार लन्च भएको छ । कम्पनीले सो ई–स्कुटरको बुकिङ १९ डिसेम्बरदेखि २ हजार ५०० भारु मूल्यमा खुल्ला गरेको थियो । सो स्कुटरको डेलिभरी भने मार्चदेखि सुरु हुने छ ।

नयाँ ई–स्कुटर हालको मोडल ४५० एक्स जस्तै छ । सो स्कुटर कम्पनीको अन्य मोडल भन्दा बढी रेन्ज भएको स्कुटर हुने अपेक्षा गरिएको छ । नयाँ ई–स्कुटरले ओला एस १ प्रो स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

यो स्कुटर एथर इनर्जीको सबैभन्दा छिटो स्कुटर मोडल हुने दाबी गरिएको छ । स्पीड बढाउन कम्पनीले ४५० एपेक्समा धेरै परिवर्तन गरेको छ । विशेष गरी यसको हार्डवेयरमा परिवर्तनहरू देखिनेछ । यस बाहेक स्कुटरका धेरै सफ्टवेयर पनि अपडेट गरिएको छ ।

सो स्कुटरमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल समावेश गरिएको छ, साथै ग्राफिक्समा धेरै परिवर्तन गरिएको छ । हाल कम्पनीले यसको चार्जिङ समय सुधार गर्नेमा विशेष ध्यान केन्द्रित गरिरहेको छ ।

एथरले लामो प्रतिक्षापछि ४५० एपेक्स बजारमा ल्याएको छ । यो स्कुटर १।८९ लाख भारुमा ल्याइएको छ । स्कुटरको विशेषता भनेको ‘म्याजिक ट्विस्ट’ जस्ता विशेष सुविधाहरूको सहायताले ब्रेक नछोइकन गति घटाउन एक्सलेरेटर प्रयोग गर्ने । यसको नेपाली मूल्य ३ लाख २ हजार ४ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?