मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्याग्दीमा ७० वर्षीया वृद्धाको हत्या, चिर्पटले हानेर दुईजना गम्भीर घाइते

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका-७ बिमवाङमा आज दिउँसो ढुंगाको छपनी प्रहार गरेर एक वृद्धाको हत्या भएको छ । भने, दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन् ।

छप्पनी प्रहार गरेर मालिका-७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सात वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । प्रियंका मनिषाकी नातिनी र अमृता छिमेकी हुन् । मनिषालाई छप्पनी प्रहार भएको देखेर बचाउन गएपछि उनीहरूलाई घाइते बनाइएको हो ।

घाइते दुई जनालाई दरवाङबाट हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । प्रियंकाको अवस्था गम्भीर रहेको छ । एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?