मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करौडौँका मालिक हुन् एआर रहमान, एउटा स्टेज कार्यक्रमको कति लिन्छन्?

काठमाडौं– भारतीय संगीतकार एआर रहमान म्युजिकको दुनियाँमा चर्चित नाम हो । उनको संगीतले विश्वमै तहल्का मच्चाएको छ ।

एउटा यस्तो पनि समय थियो, त्यतिबेला एआर रहमानसँग धेरै पैसा थिएन । पहिलो गीतका लागि उनले जम्मा २५ हजार भारु पाएका थिए ।

आज उनी करोडौँका मालिक हुन् ।

एआर रहमान अहिले भारतका सबैभन्दा महंगा संगीतकार हुन् । पहिले उनले विज्ञापनमा जिंगल बनाउने काम गर्थे । त्यसपछि उनको भाग्य चम्कियो ।

संगीतमा उनले यस्ता गीत दिए, जुन सुपरहिट भए । फिल्म ‘रोजा’ मा संगीत दिएर उनले २५ हजार भारु पाएका थिए ।

भारतीय मिडियाका अनुसार आजभोलि उनले एउटा फिल्मका लागि भारतीय रुपैयाँ ८ करोडसम्म पारिश्रमिक लिन्छन् । उनी अहिले २ हजार करोडका मालिक हुन् ।

अस्कर विजेता एआर रहमानको चेन्नईका अलावा अमेरिकाको लस एन्जलसमा पनि अपार्टमेन्ट छ ।

उनले अहिले १ देखि २ घण्टाको स्टेज कार्यक्रमका लागि २ करोडसम्म पारिश्रमिक लिने गर्छन् । उनको कुल कमाइ भारतीय रुपैयाँ २ हजार ३ सय ३० करोड रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?