मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दर्शकले रुचाएका हुन् प्रकाश सपूत र कुसुमको जोडी?

काठमाडौं– केही समयअघि रिलिज गरिएको गायक प्रकाश सपूत र मोडल कुसुम शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘सकम्बरी’ ले निकै चर्चा कमायो ।

यही म्युजिक भिडियोबाट उदाएकी कुसुमले पनि कलाकारितामा सम्भावना देखाइन् । उनका फ्यानहरु पनि उत्तिकै बढे ।

अहिले यी दुईले एकसाथ अभिनय गरेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा पनि प्रकाश सपूत र कुसुमलाई एक साथ देख्न सकिन्छ । अहिले यो भिडियो युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा छ ।

भिडियोलाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । कतिपयले नेपाली समाजका गीत गाउने गायक भन्दै प्रकाशको तारिफ गरेका छन् । कतिपयले भने यी दुईको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् ।

कुनै समय प्रकाश सपूत र अञ्जली अधिकारीको जोडीले दर्शकको मन जितेको थियो । यी दुईले ‘बोल माया’ देखि ‘अरेली काँडैले’ सम्म एकसाथ काम गरे ।

जे होस्, पछिल्लो समय प्रकाश र कुसुमको जोडी पनि दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?