मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै महानगरपालिका

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२१ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइप लाइनको शुक्रबार सफल परीक्षण गरिएको हो ।

ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा वडा नं २१ कार्यालयले यस्तो पाइपलाइन जडान काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

यसको लम्बाइ १३० मिटर छ भने प्रणाली जडानको लागत करिब ८ लाख रुपैयाँ रहेको वडा कार्यालयले जनाएको छ ।

शुक्रबार फायर फाइटिङ पाइप लाइनमा वारुणयन्त्र कार्यालयका अग्नि नियन्त्रकले परीक्षण गरेका छन् । परीक्षणका क्रममा एक ठाउँमा पानी चुहिएको थियो । त्यस ठाउँमा परीक्षणकै क्रममा सुधार गरिएको महानगरपालिकाले जनाएको छ ।

यसलाई थप गल्लीहरूमा पनि विस्तार गर्ने योजनामा रहेको  वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले बताए । अग्नि नियन्त्रक नरेशराज कुँवरका अनुसार १३० मिटर लामो पाइप लाइनको दुवैतिर इनलेट राखिएको छ ।

दुवै इनलेटबाट दमकलको पानी जोड्न सकिन्छ । लाइनको बीचमा ४ वटा आउटलेट छन् । आगलागीको स्थानमा नजिक पर्ने कुनै पनि आउटलेटबाट पाइप जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।

उनका अनुसार ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुगेको थियो ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?