मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रंगमञ्च

मण्डलामा नाटक ‘पगला घोडा’ र ‘गुलाफ’, दर्शकको साथ

काठमाडौं– काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा यतिबेला नाटक ‘पगला घोडा’ र ‘गुलाफ’ मञ्चन भइरहेका छन् ।

नाटक ‘गुलाफ’ आज (शनिवार) र भोलि मात्र मञ्चन हुनेछ भने ‘पगला घोडा’ माघ ६ गतेसम्म मञ्चन हुनेछ ।

नाटक ‘गुलाफ’ का कलाकारहरु काठमाडौंपछि युरोपका विभिन्न स्थानमा नाटक मञ्चनका लागि जानेछन् । उक्त नाटकमा यशोधराको कथा उठाइएको छ । यो नाटकमा कुनै संवाद छैनन् । नाटकले दर्शकको साथ राम्रो पाइरहेको छ । यो नाटक हेरेका दर्शकले आफूले नाटकमार्फत फरक अनुभूति पाएको प्रतिक्रिया दिइरहेका छन् ।

यो नाटकलाई रामहरि ढकालले निर्देशन गरेका हुन् । उक्त नाटकमा सिदार्थ गौतमबुद्ध पत्नी यशोधराको मनमा सिर्जित भावनाहरुलाई प्रस्तुत गरिएको छ । नाटकमा दिया मास्के र सरिता साहले अभिनय गरेका छन् ।

यस्तै मण्डलामा ‘पगला घोडा’ पनि मञ्चन भइरहेको छ । उक्त नाटकमा प्रमोद अग्रहरि, आशान्त शर्मा, मलिका महत लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो नाटकमा नेपाली समाजका कथाहरु प्रस्तुत गरिएको छ । नाटकमा आफ्ना मनका भावनाहरु भन्न सक्नुपर्छ, भन्न सकिएन भने त्यसको असर नकारात्मक हुनसक्छ भन्ने देखाइएको छ ।

भारतीय नाट्यकर्मी बादल सरकारको यो चर्चित नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?