मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कतै तपाईँलाई ‘सेक्स एडिक्सन’को समस्या त छैन? यसरी जोगिनुहोस्

काठमाडौं– मानिसलाई कुनै न कुनै कुराको लत हुने गर्छ । कसैले सही कुरामा लत बसाल्छन् भने कतिपयले गलत कुरामा पनि लत बसालिरहेका हुन्छन् ।

कतिपयलाई भने यौनको लतले पनि सताइरहेको हुन्छ । उनीहरुलाई यसले ठूलो समस्यामा पनि पारेको हुन्छ ।

कुनै युवती या महिलालाई देख्नेबित्तिकै उत्तेजित हुने अथवा दिमागमा नकारात्मक कुरा सोच्नु पनि एक खालको यौन लत हो ।

चिकित्सकहरुले यसलाई मानसिक समस्याका रुपमा उल्लेख गरेका छन् ।

एक शोधका अनुसार यदि मान्छेले आफूलाई कन्ट्रोलमा राख्न सकेन भने त्यसले हानी पुर्‍याउँछ । यदि कसैले ६ महिनासम्म यौनका बारेमा सोचिरहन्छ भने त्यो सेक्स एडिक्सन हो ।

अनुसन्धाताका अनुसार यौनको लतले जीवनलाई समेत नराम्रोसँग प्रभावित पार्न सक्छ ।

आज हामी यसबाट कसरी जोगिने र यसको लक्षण के हो भन्ने बारेमा जानकारी दिन गइरहेका छौँः

यी हुन् यौन लतका लक्षण
बारम्बार पोर्न भिडियो हेर्न इच्छा हुनु ।
सधै यौनका बारेमा सोच्नु ।
जोसँग पनि यौनसम्पर्क राख्न मन लाग्नु ।
एक्लोपना महसूस हुनु ।
बारम्बार हस्तमैथुन गर्न मात्र मन लाग्नु ।
डिप्रेसनमा पर्नु ।
मदिराको लत बस्नु ।

कसरी जोगिने?
यदि तपाईंमा यस्ता खालका समस्या देखिएका छन् भने तपाईंले मनोचिकित्सकको सल्लाह लिनु प्रभावकारी हुन्छ । साथसाथै यौन इच्छा कम गर्ने औषधि पनि प्रयोग गर्न सक्नुहुन्छ । तर, यसका लागि अनिवार्य रुपमा तपाईंले डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?