मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्लेन दुर्घटनामा परी हलिउड अभिनेता क्रिश्चियन ओलीभरको निधन

काठमाडौं– अमेरिकी अभिनेता क्रिस्चियन ओलीवर विमान दुर्घटनामा निधन भएको छ । क्यारेबियन समुद्रमा शुक्रवार भएको दुर्घटनामा उनको निधन भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनी एक सिंगल इन्जिनको विमानमा बसेर मिशेल एयरपोर्टबाट सेन्ट लुसिया पोर्टतर्फ गइरहेका थिए ।

उडान भरेको केही समयपछि इन्जिनमा खराबी आएर प्लेन समुन्द्रमा खसेको बताइएको छ । उक्त दुर्घटनामा परी ५१ वर्षीय क्रिस्चियन र उनकी दुई छोरीको पनि निधन भएको छ ।

उनको निधनपछि विश्वभरका फ्यानहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?