मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोवामा रमाई रहेकी नम्रता

काठमाडौँ – नायिका नम्रता सापकोटा यति बेला भारतको गोवामा रमाइरहेकी छिन्। ओशो सन्यासी बनेपछि आध्यात्मिक बनेकी उनी यति बेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् ।

यसैको सङ्केत हुनसक्छ गोबाट पनि उनले विशेष योग गरिरहेको तस्बिरहरू सार्वजनिक गरेकी छिन्। 

केही समयदेखि लगातार  दक्षिण भारतका विभिन्न ठाउँका फोटो सार्वजनिक गरिरहेकी सापकोटा फोटोमा हट र आकर्षक देखिएकी छिन् । 
‘अन्तराल’ बाट नेपाली सिनेमा पाइला चालेकी सापकोटाको आगामी फिल्म ‘नम्बरी सुन’ माघमा रिलिज हुँदै छ । फिल्मको गीत रिलिज भए पनि यसले खासै चर्चा पाउन सकेन । 

गत बर्ष प्रदर्शनमा आएको उनको फिल्म ‘डेसान’ पनि बक्स अफिसमा असफल भयाे । अहिले पनि नम्रताको हातमा फिल्मको अफर खासै छैन । तर, उनी योगा र ध्यानमा आफूलाई बढी केन्द्रित गरिरहेकी छिन् । 

त्यसो त उनले भारतको केरलाबाट योग शिक्षकको रूपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन्। उनले आफू आफू योग टिचरको रूपमा ग्र्याजुएट भएको पनि बताएकी छिन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?