काठमाडौँ – नायिका नम्रता सापकोटा यति बेला भारतको गोवामा रमाइरहेकी छिन्। ओशो सन्यासी बनेपछि आध्यात्मिक बनेकी उनी यति बेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् ।
यसैको सङ्केत हुनसक्छ गोबाट पनि उनले विशेष योग गरिरहेको तस्बिरहरू सार्वजनिक गरेकी छिन्।
केही समयदेखि लगातार दक्षिण भारतका विभिन्न ठाउँका फोटो सार्वजनिक गरिरहेकी सापकोटा फोटोमा हट र आकर्षक देखिएकी छिन् ।
‘अन्तराल’ बाट नेपाली सिनेमा पाइला चालेकी सापकोटाको आगामी फिल्म ‘नम्बरी सुन’ माघमा रिलिज हुँदै छ । फिल्मको गीत रिलिज भए पनि यसले खासै चर्चा पाउन सकेन ।
गत बर्ष प्रदर्शनमा आएको उनको फिल्म ‘डेसान’ पनि बक्स अफिसमा असफल भयाे । अहिले पनि नम्रताको हातमा फिल्मको अफर खासै छैन । तर, उनी योगा र ध्यानमा आफूलाई बढी केन्द्रित गरिरहेकी छिन् ।
त्यसो त उनले भारतको केरलाबाट योग शिक्षकको रूपमा स्नातक (ग्राजुएसन) उत्तीर्ण गरेकी छन्। उनले आफू आफू योग टिचरको रूपमा ग्र्याजुएट भएको पनि बताएकी छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया