मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् दाम्पत्यमा असर पार्ने यौन बारेका भ्रम

यौन जीवनको श्रोत नै हो । किन भने सबै प्राणीको जन्म यो वा त्यो तरिकाले यौन सम्बन्धकै कारण हुन्छ । तर यही विषयमा हाम्रो समाज खुल्ला नहुँदा यौनबारे धेरै कुरा धेरैलाई थाहा छैन । यहाँ समाजमा व्याप्त यौन बारे गलत मिथकको चर्चा गरिएको छ । जसलाई तोड्न सके यौन जीवन सहज हुनसक्छ ।

दिनहुँ यौन सम्पर्क राख्नु हुँदैन :

यो यौन बारे व्याप्त गलत गलत चर्चा हो । यदि तपाईँहरू दुवैलाई दिनहुँ यौन सम्पर्क राख्न मन लाग्छ भने आफूलाई रोक्नु समझदारी होइन ।

यदि श्रीमान्लाई दिनहुँ यौन सम्पर्क राख्न मन छ, तर श्रीमती भने यो सधैँ गर्ने कुरा होइन भन्ने कुरा विश्वास गर्छिन् भने श्रीमान् उनीसँग रिसाउनु स्वाभाविक नै हो ।

त्यसैले यौन सम्पर्क सधैँ गर्ने क्रिया होइन भन्ने कुरालाई मनबाट निकाल्नु पर्छ र आफ्नो यौन जीवनलाई सक्रिय बनाउन तिर ध्यान दिनु पर्छ ।

यौनिक क्रियाकलाप सधैँ पुरुषले सुरु गर्नु पर्छ :

सामान्यतया कुनै पनि स्त्रीसँगको सहवासमा पुरुषले नै यौनिक क्रियाकलाप सुरु गर्नु पर्ने ठानिन्छ ।

तर वास्तवमा पुरुषहरू सधैँ आफूले नै सुरु गर्नु पर्छ भन्ने ठान्दैनन् बरु त्यस्तो गर्दा गर्दा वाक्क भैसकेका हुन सक्छन् । जसले यौन जीवन नै निरस बन्दै जान्छ ।

त्यस कारण यौन जीवन जीवन्त राख्न महिलाहरूले आफूलाई इच्छा लागेको समयमा खुल्ला रूपमा यौनिक क्रियाकलापमा सक्रिय हुनु पर्छ ।

यो कुनै एक पक्ष सक्रिय हुने र अर्कोले ग्रहण मात्र गर्ने विषय हैन ।

महिलाहरू यौनमा रमाउँदैनन् :

यो पनि एउटा ठुलो गलत धारणा हो । यसको सिकार पनि सबैभन्दा धेरै महिलाहरू नै भएका छन् भने महिलाहरू स्वयमलाई यौन भनेको पुरुषहरूलाई खुसी बनाउनका लागि गरिने क्रिया हो भ्रम छ ।

यही कारण यौनका विषयमा खुल्न नसक्ने उनीहरू आफ्नो पार्टनरको मन र मुड अनुसार यौन सम्पर्क राख्छन् । तर यस प्रकारको यौन सम्पर्कमा कुनै भावना हुँदैन ।

यौन एउटा भावना हो, कुनै रुटिनको काम होइन, जसलाई गर्नु पर्ने बाध्यता हुन्छ । यो भावनालाई जबसम्म महसुस गरिँदैन, तबसम्म आफ्नो पार्टनर सँग जोडिएका महसुस हुँदैन ।

यौन आसनका कुरा :
कतिपय अवस्थामा आफूलाई प्रयोग गर्न मन लागेको आसन वा नयाँ तरिकाबारे भन्न नजान्ने हो भने सेक्स पार्टनर भड्किने मात्र होइन यौन जीवन नै बिग्रन पनि सक्छ ।

तर यदि तपाईँलाई कुनै नयाँ तरिका अपनाएर सेक्स गर्न मन लागेको छ भने त्यसको बारेमा पार्टनरसँग खुलेर कुरा गर्नुस् ताकि यो प्रयोगमा उसको पनि स्वामित्व अनुभव होस् ।

जवानहरूसँग यौनको अनुभव रमाइलो हुन्छ :

यो पनि एउटा ठुलो भ्रम हो । यौन अनुभव उमेर सँगै झन् राम्रो हुँदै जान्छ । तपाईँहरू दुवै समयसँगै एक-अर्कालाई राम्रोसँग बुझ्दै जानु हुन्छ ।

त्यस्तो स्थितिमा उमेरको यौनको अनुभवसँग राम्रो यौनका लागि कुनै सम्बन्ध हुँदैन । जवान पार्टनर सँग यौनको अनुभव राम्रो हुन्छ भन्ने आवश्यक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?