मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुख धोएपछि रुमालले मुख पुछ्ने बानी छ ? पर्न सक्छ भारी

हामी अधिकांश व्यक्तिहरू आफ्नो अनुहार धोएपछि रुमालले मुख पुछ्ने गर्छौ । यो बानीका कारण यही प्रक्रिया धेरै चोटि दाेहाेरिरहेकाे पनि हुन्छ ।

तर तपाईँले कल्पना पनि गर्नुभएको छैन होला अनुहार धोएर तौलियाले मुख पुछ्ने बानी गलत हो भनेर । आउनुहोस् आज थाहा पाउनुहोस्  अनुहार धोएपछि किन तौलियाले मुख पुछ्नु हुँदैन त ?

–जब हामी धेरैजसो बाहिरबाट आउँछौ, हामी आफ्नो अनुहार धुन्छौँ र तौलियाले आफ्नो अनुहार सफा गर्छौ । तर यो बानीले हामीलाई ठुलो समस्यामा पार्न सक्छ । वास्तवमा परिवारका सबै सदस्यले एउटै तौलियाले बारम्बार अनुहार पुछ्दा फोहोर हुन्छ र सङ्क्रमण हुन सक्छ । 

–अनुहार धोएपछि तौलियाले अनुहारलाई कसेर रगड्नु हुँदैन । यसो हुँदा अनुहारको लचिलोपन र चमक घट्छ । जसका कारण उमेर नपुग्दै अनुहारमा चाउरी पर्न थाल्छ । 

–घरमा सबैले प्रयोग गर्ने तौलियामा ब्याक्टेरिया र कीटाणु जम्मा हुन्छन् । यस कारण सोही तौलिया तपाईँले पनि प्रयोग गर्दा ब्याक्टेरियाले तपाईँको अनुहारमा आक्रमण गर्दछ । जस कारण पिम्पल आउने गर्दछ । 

–आफ्नो अनुहार सफा गर्न सफा रुमाल वा नरम तौलिया मात्र प्रयोग गर्ने गर्नुहोस् । सकेसम्म तौलिया, रुमालको पनि प्रयोग नगरी हातले नै अनुहारमा जमेको पानी सफा गर्ने गर्नुस् । यसो हुँदा अनुहारको चमक कायम रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?