हामी अधिकांश व्यक्तिहरू आफ्नो अनुहार धोएपछि रुमालले मुख पुछ्ने गर्छौ । यो बानीका कारण यही प्रक्रिया धेरै चोटि दाेहाेरिरहेकाे पनि हुन्छ ।
तर तपाईँले कल्पना पनि गर्नुभएको छैन होला अनुहार धोएर तौलियाले मुख पुछ्ने बानी गलत हो भनेर । आउनुहोस् आज थाहा पाउनुहोस् अनुहार धोएपछि किन तौलियाले मुख पुछ्नु हुँदैन त ?
–जब हामी धेरैजसो बाहिरबाट आउँछौ, हामी आफ्नो अनुहार धुन्छौँ र तौलियाले आफ्नो अनुहार सफा गर्छौ । तर यो बानीले हामीलाई ठुलो समस्यामा पार्न सक्छ । वास्तवमा परिवारका सबै सदस्यले एउटै तौलियाले बारम्बार अनुहार पुछ्दा फोहोर हुन्छ र सङ्क्रमण हुन सक्छ ।
–अनुहार धोएपछि तौलियाले अनुहारलाई कसेर रगड्नु हुँदैन । यसो हुँदा अनुहारको लचिलोपन र चमक घट्छ । जसका कारण उमेर नपुग्दै अनुहारमा चाउरी पर्न थाल्छ ।
–घरमा सबैले प्रयोग गर्ने तौलियामा ब्याक्टेरिया र कीटाणु जम्मा हुन्छन् । यस कारण सोही तौलिया तपाईँले पनि प्रयोग गर्दा ब्याक्टेरियाले तपाईँको अनुहारमा आक्रमण गर्दछ । जस कारण पिम्पल आउने गर्दछ ।
–आफ्नो अनुहार सफा गर्न सफा रुमाल वा नरम तौलिया मात्र प्रयोग गर्ने गर्नुहोस् । सकेसम्म तौलिया, रुमालको पनि प्रयोग नगरी हातले नै अनुहारमा जमेको पानी सफा गर्ने गर्नुस् । यसो हुँदा अनुहारको चमक कायम रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया