मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्यको अध्ययन गर्न भारतले पठाएको यान आज लक्ष्यमा पुग्दै

काठमाडौं – सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य एल वन आज आफ्नो लक्ष्यमा पुग्ने भएको छ । प्रक्षेपणपछि चार महिनाको यात्रा तय गर्दै आदित्य एल वन आज अपरान्ह ४ बजे लाग्रेरेन्ज पोइन्ट वन (एल वन) पुग्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । 

भारतले आफ्नो पहिलो सूर्य यानका रूपमा गत सेप्टेम्बर २ मा दिन आदित्य(एल वन) प्रक्षेपण गरेको थियो । आदित्य(एल वन)लाई सूर्य र पृथ्वीको गुरुत्वाकर्षण सन्तुलित हुने स्थानमा राख्ने इसरोको योजना छ । 

इसरोका वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा त्यस्ता पाँच स्थान छन्, जसलाई (लाग्रेरेन्ज पोइन्ट) नामकरण गरिएको छ । तिनै पाँच स्थानमध्ये पृथ्वीबाट सबैभन्दा नजिक रहेको ‘एल वन’मा आदित्य यानलाई राख्ने इसरोको लक्ष्य छ ।

त्यहाँ बसेर आदित्य(एल वन)ले अन्तरिक्षको मौसम, अन्तरिक्षको हलचल, सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?