मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘एक्सन’को यात्रामा करण जौहर,शाहरुखसँग जम्ला जोडी ?

एजेन्सी –शाहरुख खान र करण जौहरको सहकार्यले बलिउडमा ‘कुछ कुछ होता है’,‘कभी खुशी कभी गम’,‘माय नेम इज खान’,‘कभी अलविदा ना कहना’ जस्ता शानदार फिल्म दिएको छ ।

यही कारण यो जोडीले फेरि एक साथ फिल्ममा जादु रचेको हेर्न दर्शक आतुर छन् । अब यो अपेक्षा पनि पुरा हुने सम्भावना बढेको खबर बाहिरिएका छन् ।

मिडिया रिपोर्टहरूका अनुसार गत बर्ष ‘पठान’ र जवान जस्ता ब्लकबष्टर फिल्म दिएका शाहरुख छिट्टै करण जौहरको फिल्ममा देखिने सम्भावना छ ।

आइडिया खोज्नमा व्यस्त
भारतीय मिडियाहरूका अनुसार शाहरुख र करणकाविच अहिले फिल्मको आइडिया बारे छलफल भइरहेको छ । बताइए अनुसार करण यो पटक शाहरुखसंग मिलेर एक्सन फिल्म बनाउन चहान्छन् ।

स्मरणीय के छ भने करणले अहिलेसम्म एक्सन फिल्म बनाएका छैनन् भने शाहरुखको गत बर्ष एक्सन फिल्म नै हिट भएका थिए । फलतः शाहरुखको क्रेज प्रयोग गरेर करणले एक्सन विधामा पाइला राख्न लागेको चर्चा छ । 

एक्सनमा छैन शाहरुखको रुचि ?
यता शाहरुख भने लगातार एक्सन फिल्म गरेपछि ‘ब्रेक’ मा रहन चाहेको चर्चा समेत छ । यसको अर्थ उनी तत्काल यो विधाको फिल्म गर्ने मुडमा छैनन् ।

तर ‘डंकी’ गरिसकेका उनी फिल्म नयाँ प्रयोग गरिहाल्ने जोखिम मोल्न समेत तयार देखिएका छैनन् । करणसँग शाहरुखले धेरै काम गरेका छन् । उनीहरूबिच घनिष्ठ मित्रता समेत छ ।

यो अवस्थामा शाहरुखको मुडलाई हेरेर उनले कस्तो कदम चाल्छन ? वा दुईबिचको मिलन विन्दु के बन्छ प्रतीक्षाको विषय बनेको छ । 

सलमानसँग व्यस्त करण 
अहिले करण आफ्नै प्रोडक्सनको आगामी फिल्म ‘द बुल’ मा व्यस्त छन् । जसमा सलमान खान रहने छन् । यो फिल्मको निर्देशन विष्णुबर्धनले गर्नेछन् ।

फिल्मका लागि सलमानले आफूलाई ठूलो ट्रान्सफमेसन गर्नुपर्ने छ। किनकि ‘द बुल’ मा सलमान ब्रिगेडियर फारुक बुलसाराको भूमिकामा देखिनेछन्। जसले सन् १९८८ मा मालदिभ्समा अपरेसन क्याक्टसको नेतृत्व गरेका थिए ।

करण अहिले ‘दुल्हनिया ३’ पनि गरिरहेका छन् । जसमा आलिया भट्टको स्थानमा जान्हवी कपुर आउन लागेको चर्चा समेत चलेको थियो । यद्यपि करण आफैले यसको खण्डन गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?