मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरेक दिन एउटा स्याउ खाँदा हुन्छ यस्ता लाभ

तपाईँलाई स्याउ मीठो लाग्छ की लाग्दैन ? 
यदि लाग्दैन भने पनि खाने गर्नुस् । किनकि स्याउ मानव स्वास्थ्यको लागी धरै नै लाभदायक फल हो । धेरै पर्दैन दैनिक एउटा मात्र स्याउ सेवन गर्नुभयो भने तपाई निकै निरोगी बन्नुहुनेछ । 

स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ । स्याउ हाम्रो स्वास्थ्यको लागी एकदम गुणकारी छ । यसमा हाम्रो शरीरका लागि आवश्यक पर्ने विभिन्न पोषक तत्त्वहरू रहेका हुन्छन् । 

स्याउलाई केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केहीले बोक्रा फालेर खान रुचाउँछन् । स्याउका फाइदा धेरै छन् । अझ बहानै खाली पेटमा स्याउ खानु निकै स्वस्थ्यकर मानिन्छ । 

यस्ता छन् दिनहुँ स्याउ खानुका फाइदाहरू :

–दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । रगतमा सुगरको मात्रा सन्तुलनमा हुने ,फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन् । 

–नियमित स्याउ खादा क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । 

–स्याउ सेवनले सेतो र स्वस्थ दाँत बनाउँदछ । स्याउ चपाउँदा र टोक्दा निस्कने र्‍यालले दाँत सड्नबाट ब्याक्टेरियाको सङ्ख्या घटाउँछ ।

–हरेक दिन एक दाना स्याउ खानाले मानिसमा टाइप २ डायबिटिज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।

–स्याउमा भएको फाइबरले झाडापखाला नियन्त्रण गर्छ ।

–स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्दछ ।

–यसको सेवनले थकान कम गर्छ र छाला मुलायम बनाउँछ ।

–स्याउमा आइरनको मात्रा प्रशस्तै हुन्छ । जसले रगत सफा गर्ने तथा शरीरका लागि पर्याप्त मात्रामा आइरन उत्पादन गर्ने काम गर्दछ ।

–बिहान खाली पेटमा खाँदा मुटुलाई फाइदा गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?