मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिदेवले कसरी पाए हनुमानबाट माफी ?  किन गरिन्छ तेल दान ? 

 सूर्य पुत्र शनिलाई कर्मफलका दाता मानिन्छ । शनिदेवको सम्बन्ध आफ्नै बाबु सूर्यदेवसँग समेत राम्रो थिएन । त्यसै कारण शनिलाई पितृ शत्रु पनि मानिन्छ ।

शनि देवलाई आफ्नो प्रभुत्वको यति धेरै अभिमान थियो कि देवता–दानव र ऋषिमुनीहरु पनि शनिको प्रकोपबाट भयभीत रहन्थे कुनै पनि अनिष्ट नहोस् भनेर ।

यही अभिमानले व्याप्त शनि एक पटक आफ्नो प्रभाव देखाउन राम भक्त हनुमान भएको ठाउँमा पुग्छन् । सो समय हनुमान आफ्ना स्वामी श्रीरामको नाम सुमिरण गरिरहेका थिए । शनि देव हनुमान बसेको स्थानमा पुगेर उनलाई मल्ल–युद्धको लागि  चुनौती दिन थाले। शनिले पटक पटक उनलाई युद्धको लागि उत्तेजित गरे पनि

हनुमानले भने आफू भगवान भजनमा व्यस्त रहेको भन्दै अरू नै सँग युद्ध गर्न आग्रह गरे । तर यसलाई कमजोरी ठानेका शनिले हनुमानलाई धिकार्न थाले ।

शनिको यस धृष्टतालाई देखेर हनुमान पनि शनिलाई ललकार्दै उनीसँग युद्ध गर्न थाले । हनुमानजीसँग नामको भरोसा थियो। शनिले आफ्नो खुब तागत लगाए, तर नाम सुमिरण गर्ने हनुमानको अघि उनको केही सिप चलेन ।

आफ्नो  पुच्छरमा शनिलाई कसेर, हनुमानजीले एक पहाडबाट अर्को पहाड, एक पर्वतबाट अर्को पर्वत बजार्दै कुद्न थाले । पिडामा परेका शनिले हनुमानसँग क्षमा याचना गर्न थाले ।

शनिले दयाको भीख माग्दै र दु:खले कराउँदै गरेको देखेर हनुमानमा करुणा जाग्यो। तब उनले शनिलाई बाचा गर्न लगाए अब कहिले पनि तिमि भगवानको नाम लिने भक्तलाई कुनै प्रकारको कष्ट दिने छैनौ , तब म तिमिलाई क्षमा गर्नेछु।

शनिले हनुमानसामु वचन दिए, तब उनले क्षमा गरे, मुक्त गरे । शनिको हड्डी छाला उप्किएको थियो । घटनामा अधिक चोट लागेकाले रगत निस्किरहेको थियो ।

यस कारण शनिले हनुमानसँग आफ्नो लागि केही तेल मागे, जसलाई लगाएर मालिस गरेसँगै उनी तत्काल ठिक भए। यसपछि शनिदेवको पूजामा शनिलाई तेल दिने गरिन्छ ।

नव ग्रहहरूमा सातौँ ग्रह मानिने शनिदेव सँग मानिसहरू सबैभन्दा धेरै डराउँछन् तर शनिदेवले कसैको अहित गर्दैनन् । व्यक्तिहरूको कर्म अनुसार न्याय गर्ने मान्यता छ । शनिदेवलाई न्यायाधीश को रूपमा पनि लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?