मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज शनिबार, कसरी गर्ने शनिदेवको पूजा ?

हिन्दु धर्ममा आस्था राख्ने मानिसहरूले हप्ताको सातै दिन फरक–फरक भगवानको पूजा गर्ने चलन छ ।

आज शनिबार भएकाले शनिदेवलाई खुसी पारेर तपाईँले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्त्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शास्त्र अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन् । शनीकाे जन्म ज्येष्ठ महिनाको अमावस्या भएको थियो ।  यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शुद्ध मन बाट प्रत्येक शनिवारको दिन व्रत राख्दा शनिदेव प्रसन्न हुन्छन् ।

शनिको प्रभाव

नव ग्रहहरूमा सातौँ ग्रह मानिने शनिदेव सँग मानिसहरू सबैभन्दा धेरै डराउँछन् तर शनिदेवले कसैको अहित गर्दैनन् । व्यक्तिहरूको कर्म अनुसार न्याय गर्ने मान्यता छ । शनिदेवलाई न्यायाधीश को रूपमा पनि लिइन्छ ।

शनिबारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुने र कुण्डलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ विश्वास छ ।

कसरी गर्ने पूजा

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालिसाको पाठ गर्नुपर्दछ। शनि पूजा गर्दा यो पाँच मन्त्र को १०८ पटक जप गर्दा शुभ हुन्छ ।

पहिलो – शनि बीज मंत्र ऊं प्राँ प्रीं प्रौं सः शनैश्चराय नमः ।

दोस्रो – विनियोग मंत्र शन्नो देवीति मंत्रस्य सिन्धुद्वीप ऋषिः गायत्री छंदः, आपो देवता, शनि प्रीत्यर्थे जपे विनियोग

तेस्रो – शनि गायत्री मंत्र ॐ कृष्णांगाय विद्य्महे रविपुत्राय धीमहि तन्नः सौरिः प्रचोदयात ।

चौथो – शनि वेद मंत्र ॐ प्राँ प्रीँ प्रौँ सः भूर्भुवः स्वः ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तु नः। ॐ स्वः भुवः भूः प्रौं प्रीं प्रां ॐ शनिश्चराय नमः।

पाचौँ – जप मंत्र ऊं प्रां प्रीं प्रौं सः शनिश्चराय नमः।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?