मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा शरीरलाई न्यानो राख्न खानै पर्ने खानेकुरा थाहा पाउनुस

काठमाडौं – जाडोमा शरीरले न्यानो र तातो खानेकुरा खोज्छ । चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ। यो मौसममा विशेषगरी बुढाबुढी, बच्चा, रोगी, गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्छ ।

खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगको संक्रमण शुरु हुन थाल्छ। चिसो मौसममा बिहान सकेम्म छिटो उठ्ने रधेरै पटक खानेकुरा खाइरहने गर्दा शरिरमा तातोपन बढ्छ । खानेकुरा खाँदा शरिरमा पाचनक्रिया नियमित हुने र तापक्रम बढ्छ । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

मह
जाडो महिनामा नियमित रूपमा महको सेवन गर्ने हो भने यसले रुघा र खोकी लाग्न दिँदैन । त्यसैले चिसो मौसममा बिहान एक चम्चा मह अनिवार्य रूपमा खानु राम्रो मानिन्छ ।

सख्खर
चिसो मौसममा सख्खरको सेवन गर्ने हो भने यसले शरीरमा गर्मी पैदा गर्छ । सख्खरको सेवनले शरीरको मेटाबोलिजमलाई राम्रो गर्छ । पाचन क्रियालाई राम्रो गर्न पनि सख्खरको सेवन गर्नु राम्रो मानिन्छ । सख्खरमा आइरनको मात्रा प्रचुर हुने हुनाले यसले एनिमियाको समस्या पनि हुन दिँदैन ।

तुलसी र अदुवा
चिसो मौसममा तुलसी र अदुवाको चिया बनाएर सेवन गर्दा शरीरलाई धेरै नै राम्रो गर्छ । यदि चियाको रूपमा खान मन लाग्दैन भने यसलाई चपाएर पनि खान सकिन्छ । यसको नियमित सेवनले चिसो मौसममा रुघा खोकी लाग्नबाट शरीरलाई बचाउने काम गर्छ ।

बदाम
चिसो मौसममा बदामको सेवन अनिवार्य रूपमा गर्नु फाइदाजनक मानिन्छ । बदाममा प्रोटिन र शरीरलाई फाइदा गर्ने चिल्लो पदार्थ, धेरै किसिमका भिटामिन र मिनरल्सहरु पाइन्छ । बदाममा म्याग्नेसियम, भिटामिन इ र फस्फोरस पनि पाइन्छ । बदामको सेवनले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्ने हुनाले मुटुका समस्या भएका व्यक्तिलाई चिसो मौसममा हुने मुटुका समस्याबाट पनि जोगाउन पनि मद्दत गर्छ ।

सुत्नुअघि दुध
चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

गाजरको खिर र हलुवा
जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउदा“, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ।

सागपात
जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ ।

कफी पिउने
जाडोमा कालो कफी पिउनु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। कालो कफीलाई कलेजोका लागि राम्रो मानिन्छ। तर, दूधकफीले ग्यास्ट्रिक बढाउन मद्दत गर्छ, हार्ट बर्न र एसिडिटी बढाउँछ।

ड्राईफ्रुट्स
चिसो मौसममा ड्राईफ्रुट्सको सेवन पनि शरीर र स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । विभिन्न किसिमका ड्राईफ्रुट्सको सेवनले शरीरलाई गर्मी र शक्ति पैदा गर्न महत्त्वपूर्ण मानिन्छ ।

तिल
चिसो मौसममा तिलको सेवन गर्ने हो भने यसले हाम्रो शरीरमा गर्मी पैदा गर्छ । तिलमा मोनो९स्याचुरेटेड फ्याट्टि एसिड र एन्टि ब्याक्टेरियल मिनरल्स पाइने हुनाले चिसो मौसममा तिलको सेवन गर्दा धेरै किसिमको फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?