काठमाडौं । रातको समयमा पाँच काम गर्न नहुने भन्दै प्रतिबन्ध लागेको छ । आजको आधुनिक जीवनमा यो सबै हूबहू रुपमा जीवनमा उतार्न नसकिए पनि केही निर्देशन मानिएको खण्डमा जीवनमा खुशी भने पक्कै आउने छ ।
यो हाम्रो शास्त्रले प्रतिबन्ध लगाएको कुरा हो । प्रतिबन्ध लगाइएका यी पाँच कुरा जति व्यस्त व्यक्तिले पनि मान्न सकिन्छ । मान्ने नमान्ने तपाइको बिचार
१. कपाललाई खुला राखेर सुत्न हुन्न
शास्त्रका अनुसार रातमा महिलाहरुका लागि कपाल खुला राख्न नकारात्मक मानिन्छ । कपाल खुला राख्दा आसपासमा नकारात्मक ऊर्जा एकतृत हुने शास्त्रको दावी छ ।
२. चौबाटोमा जान नहुने
रातको समयमा चौबाटोमा जान नहुने शास्त्रको भनाइ छ । रातको समयमा चौबाटोमा नकारात्मक ऊर्जा बढ्दै फैलिरहेको हुन्छ । यस कारण भुलेर पनि रातको समयमा चौबाटोमा नजान शास्त्रले भनेको छ ।
३. खराब चरित्र भएका व्यक्तिहरुसँग टाढा रहने
रातको समयमा समाजमा खराब चरित्र भएका व्यक्तिहरुलाई नभेट्न शास्त्रले सचेत गराएको छ । खराब चरित्र भएका व्यक्तिहरुलाई रातमा भेट्दा आफ्नो पनि बद्नाम हुन सक्ने सम्भावना बढी हुने भन्दै शास्त्रले प्रतिबन्ध लगाएको हो ।
४. चिहानको आसपास जान नहुने
विष्णु पुराणले रातको समयमा चिहानको आसपास जान रोक लगाएको छ । रातको समयमा चिहानको आसपासमा नकारात्मक ऊर्जा निकै सक्रिय हुने हुँदा त्यस क्षेत्रमा जान नहुने भन्दै शास्त्रले प्रतिबन्ध लगाएको हो। रातको समयमा चिहानमा जाँदा मानसिक अवस्था खल्बल्लिन सक्ने शास्त्रको दावी छ ।
५. अत्तर लगाएर नसुत्नुहोस्
हिजोआज अधिकांस मानिस रातको समयमा नुहाइधुवाइ गरी अत्तर लगाएर सुत्ने गर्छन । तर, शास्त्रले भने यसलाई प्रतिबन्ध लगाएको छ । रातको समयमा हात खुट्टा धोएर इश्वरको ध्यान गरेर सुत्नुपर्ने उल्लेख गरेको छ । रातको समयमा अत्तर लगाएर सुत्दा नकारात्मक ऊर्जा आफू तर्फ आकर्षित हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया