मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन प्रेमी शशाङ्कसँग इन्गेजमेन्ट

काठमाडौं । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले आफ्नो प्रेमी शशाङ्क लाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

अश्मीले सामाजिक सञ्जाल इन्सटाग्राममा एक भिडियो सेयर गर्दै आफूले प्रेमी शशाङ्कको प्रस्ताव स्वीकार गरेको जानकारी दिएकी छन् । शशाङ्क अमेरिकामा बस्दै आएका छन् ।

अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?