मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वैवाहिक जीवन सुखी बनाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुहोस

काठमाडौं – आजको तिब्र गतिको जीवनमा मानिसहरुसँग आफनो सम्बन्धका लागी समय हुँदैन । जसका कारण ब्रेकअप र डिभोर्सका घटनाहरु ह्वातै बढेका छन् । तर तपाई आफ्नो सम्बन्ध टुट्नबाट बचाउन सक्नुहुन्छ । जब तपाई वैवाहिक जिवनको सम्बन्ध बलियो बनाउन चाहानुहुन्छ भने यी उपाय अपनाउन सक्ननुहुनेछ ।

सञ्चार : सुखी वैवाहिक जीवनका लागी तपाईहरुबीच सञ्चार धेरै महत्वपूर्ण छ । जसले तपाई र तपाईको पार्टनरको कुरालाई एक आपसमा राम्ररी खुलेर बोल्न तथा तपाईहरुबीच भएका स-सना झगडाका कुरालाई व्यक्त गर्न सक्नुहुनेछ । जसका लागी तपाई प्रत्यक्ष मोबाइलमा कुराकानी गर्न पनि सक्नुहुनेछ, अथवा सामाजिक सञ्जालहरुलाई प्रयोग गरि कुरा गर्न पनि सक्नु हुनेछ ।

समय : दैनिक जीवनको भीडभाडमा तपाईले एकअर्कालाई समय दिनु वैवाहिक जीवनका लागी महत्वपूर्ण छ । तपाई हप्तामा एक पटक डेट गर्नुस अथवा सँगै कतै घुम्न जानुस । यसरी एक आपसमा सँगै समय बिताउदा पनि तपाईको वैवाहिक जीवन सुखद हुन्छ अनि तपाईको सम्बन्धमा सुधार आउँछ । अझै अर्को कुरा एक अर्कालाई यसरी समय दिन थाल्नु भयो भने तपाईहरुको भावनात्मक सम्बन्ध बलियो हुन्छ ।

एकअर्काको सम्मान : एकअर्काको व्यक्तित्व पहिचान र प्रशंसा गर्न वैवाहिक जीवनमा धेरै महत्वपूर्ण छ । यसले तपाईहरुलाई एक अर्कालाई बुझ्न विशेष भुमिका खेल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?