मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धुम्रपान गर्नेहरूलाई अल्जाइमरको उच्च जोखिम

काठमाडौं – संसारमा चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा नभएको कोही पनि छैन । चुरोटको प्याकेटमा ठूला अक्षरमा चेतावनी लेखिएको छ – क्यान्सर भएको घाँटी र फोक्सोको फोटोसहित ।

सिनेमा हलमा जुनसुकै चलचित्र हेर्न जानुस्, पहिला चुरोटकै विज्ञापन आउँछ । प्रत्येक धुम्रपान गर्नेलाई हरेक पाइलामा उसले आफ्नो स्वास्थ्यसँग कत्तिको खेलवाड गरिरहेको छ भन्ने सम्झाउनु महत्त्वपूर्ण हुन्छ ।

‘बायोलोजिकल साइकियाट्रीः ग्लोबल ओपन साइन्स’ नामक जर्नलमा प्रकाशित यस मेडिकल अध्ययनका अनुसार धुम्रपानले हाम्रो मस्तिष्कलाई पनि असर गर्छ । यो अध्ययन सेन्ट लुइसको वाशिंगटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेका हुन् ।

यस अध्ययनका अनुसार चुरोट पिउने मानिसको मस्तिष्क संकुचित हुन्छ । केही समयपछि धुम्रपान गर्न छोड्नुभयो भने मस्तिष्कमा हुने थप क्षतिबाट बच्न सकिन्छ तर खुम्चिएको मस्तिष्क पहिलेको आकारमा फर्किने छैन ।
शोधकर्ताहरूले आफ्नो अध्ययनमा लामो समयसम्म चुरोट पिएर धुम्रपान छाडेका र छाडेको लामो समय बितिसक्दा पनि मस्तिष्कको आकार स्थायी रूपमा सानो भएको अर्थात चुरोट छोडेपछि पनि मस्तिष्क सानो नरहेको पत्ता लगाएका छन् ।

अध्ययनले चुरोट पिउने मानिसमा मस्तिष्कको कमजोरी र अल्जाइमरको जोखिम बढी हुने पनि बताएको छ । स्पष्ट रूपमा, यदि धुम्रपानले मस्तिष्कको आकार र न्यूरोन्सलाई हानि पु¥याउँछ भने, धुम्रपान गर्नेलाई हाम्रो मस्तिष्कसँग प्रत्यक्ष रूपमा सम्बन्धित हरेक रोग लाग्ने उच्च जोखिम हुन्छ । यो मनोचिकित्सा, रेडियोलोजी र मस्तिष्क विज्ञान विभागका प्राध्यापकहरूको संयुक्त अध्ययन टोलीले २८ हजार व्यक्तिहरूमा गरिएको अनुसन्धानले पुष्टि गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रतिवेदनले हरेक वर्ष विश्वका ३२ प्रतिशत मानिसले चुरोटकै कारण ज्यान गुमाइरहेका छन् । यसरी हरेक वर्ष जति मानिसहरूले चुरोटकै कारण ज्यान गुमाइरहेका छन्, त्यति नै नयाँ धुम्रपान गर्नेहरू पनि जन्मिन्छन् यो साँचो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?