मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घामबाट जोगाउने क्रिमहरु जाडोमा पनि उत्तिकै जरुरी

काठमाडौं – मानिसलाई सुन्दर देखिन उसको छालाको भूमिका महत्वपूर्ण हुन्छ । तर कहिलेकाहि त्यहि छालाको राम्रो स्याहार गर्न नसक्दा शरिरमा विभिन्न समस्या आउन सक्छन् । चिसोमा होस वा तातो समयमा हामीले समयअनुसार छालाको ख्याल गर्नैपर्छ ।

जाडोमा हामीलाई घाम देख्नै हुदैन, हामी घाममा गएर बसिहाल्छौं । जाडो छल्नका लागि सबैभन्दा राम्रो उपाएका रुपमा लिइन्छ घाम ताप्नुलाई । तर जाडो छल्नका लागि धेरै घाम ताप्दा हाम्रो छालामा धेरै समस्या देखिन सक्छ ।

जाडोमा धेरै घाममा बस्दा अनुहारमा चाया, पोतो बढ्ने छाला बढ्छ । घाम ताप्दा अनुहार सिधै घाममा पार्नु हुँदैन । घाममा बस्दा अनुहार छोपेर ताप्दा समस्या हुँदैन ।

जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन् । चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो । यो विशेषगरी चिसो हावा र पानीकोे कारणले हुने गर्छ । मुख्यतः जाडोमा छाला सुख्खा हुने समस्या नै बढी हुन्छ, जसलाई जेरोसिस भनिन्छ ।

सुख्खापन विशेगरी बच्चा र बुढालाई भयो भने बढी आपत पर्छ । सुख्खा भयो भने चिलाउँछ । चिलाएपछि मान्छेले कन्याउँछ र कन्याएपछि घाउ हुन्छ, रगत आउँछ अनि संक्रमण हुने सम्भावना बढ्छ ।

जाडोमा स्किन ड्राई हुन्छ । जाडोमा भइराखेको रोग बढ्ने हुन्छ । घामबाट बल्झिने रोग जस्तै ‘पोलिमर्फिक लाइट इरप्सन’ हुने सम्भावना हुन्छ । जुन घामको किरणबाट छालामा हुने समस्या हो । मेलाज्मा जसलाई चाँया–पोतो भनिन्छ, जाडोमा घाम ताप्ने बानी हुने हुनाले कालो पोतो भएको मान्छेलाई अलि दुःख दिन्छ ।

घामबाट जोगाउने क्रिमहरु जाडोमा पनि उत्तिकै जरुरी छ । लगाउन परे जाडोमा क्रिम जेलयुक्तभन्दा क्रिमयुक्त लगाउन उपयुक्त हुन्छ । घाममा बस्ने हो भने मुख छोपेर बस्नुपर्छ । धेरै बेर बस्नुहुँदैन । घाममा बस्दा पूरा बाहुले लुगा लगाएर बस्दा केही समस्या हुँदैन भने हात नछोपिने लुगा लगाएपछि घाम ताप्दा छालालाई असर पार्छ ।

जाडोमा छाला सुख्खा हुनबाट बचाउन मोस्चराइजर लगाउनुपर्छ । अझै विशेष गरि यो चिसो समयमा त भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ । विज्ञापनमा जे देख्यो त्यही लगाउनुपर्छ भन्ने छैन किनकी सबै छालालाई त्यो उपयुक्त नहुन पनि सक्छ ।

कस्तो छालामा कस्तो मोस्चराइजर लगाउने ?

अनुहारमा चिल्लो बढी आउँछ भने जेल बेसमा उत्पादन गरिएका मोस्चाराइजर लगाउनुपर्छ ।

कम्बिनेसन स्किन अर्थात् तैलीय सामान्य किसिमको छाला हुनेहरुले हल्का फरक खालको मोस्चराइजर लगाउनुपर्छ । यस्ता छाला भएकाले सन्स् क्रिम वा मोस्चाराइजर लगाउँदा जेल बेसका क्रिमहरु प्रयोग गर्नुपर्छ ।

सामान्य स्किन भएकाहरुलाई भने सामान्य, मुलायम तथा कोमल बनाउने बेसमा उत्पादन भएका सामग्री प्रयोग गर्नुपर्छ ।

सुक्खा छाला हुनेहरुले दिनमा ३÷४ पटक सन्स् स्क्रिम लगाउनु अगाडि मोस्चाइरजर प्रयोग गर्न अतिआवश्यक पर्छ ।

यी ४ प्रकारका बाहेक अन्य प्रकारका छाला पनि हुनसक्छ । छाला स्वस्थ राख्नका लागि तथा हेरचाह गर्न विभिन्न किसिममा सन्स् क्रिम प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था सिर्जना भएमा विशेषज्ञलाई नै भेट्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?