मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगे बालेन

काठमाडौं – धरानमा शुक्रबार ‘आजदेखि’ धरान डे’ उत्सव सुरु भएको छ । धरान डे उत्सवको उद्घाटन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाह धरान पुगेका छन् ।

मेयर शाह शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगेका हुन् । मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिको रुपमा निमन्त्रणा गरेका थिए ।

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री व्यस्तताका कारण धरान आउन नसक्ने जानकारी दिएपछि मेयर सम्पाङ आक्रोशित बनेका थिए ।

काठमाडौं महानगरपालिका मेयर शाह र धरान उपमहानगरपालिका मेयर सम्पाङबिच सुरु देखि नै सहयोग आदान प्रदान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?