मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कीर्तिपुरमा बन्यो उच्च प्रविधियुक्त पुस्तकालय, भारतीय पुस्तकको छुट्टै कोठा

जोयनेपाल
182
Shares
त्रिभुवन विश्वविद्यालयमा शुक्रवार आयोजित त्रिवि केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनसहित भारतीय सहयोगमा निर्मित २५ विद्यालय, ३२ स्वास्थ्य संस्था तथा एक सम्पदाको उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद (दायाँ), भारतीय विदेशमन्त्री एस जयशंकर तथा त्रिवि कार्यवाहक उपकुलपति शिवलाल भुसाल । तस्बिर : रुपेश आचार्य÷रासस

कीर्तिपुर – त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय देशकै पहिलो आरएफआइडी ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम’ सुविधासहितको पुस्तकालय बनेको छ ।

परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले आज त्रिवि परिसरमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनको संयुक्तरूपमा उद्घाटन गरेका हुन । आरएफआइडी प्रणालीले पुस्तकको वितरण र पुनःप्राप्तिसम्बन्धी अभिलेख स्वचालितरुपमा राख्नेछ ।

कार्यक्रममा मन्त्रीद्वयले नवनिर्मित पुस्तकालय भवनसँगै भारत सरकारको भूकम्प पुनःनिर्माण सहायताअन्तर्गत देशका विभिन्न भागमा सम्पन्न २५ विद्यालय, ३२ स्वास्थ्यसंस्था तथा एक गुम्बाका नवनिर्मित भवनको भर्चुअल उद्घाटन गरे।

उद्घाटनपछि भारतीय विदेशमन्त्री जयशङ्करले त्रिवि पुस्तकालयको नयाँ भवनसँगै २०७२ सालको भूकम्पपश्चात् भारत सरकारको प्रतिबद्धताअनुरुपका ७५ वटै निर्माण परियोजना पूरा भएको बताए। यसका साथै भारत सरकारले हालैको जाजरकोट भूकम्पपछि आवास पुनःनिर्माणमा रु एक अर्ब बराबरको सहयोग गर्ने उनले बताए ।

नेपाल र भारतबीच ‘कनेक्टीभिटी’का विभिन्न आयामलाई अघि बढाउने प्रयास भइरहेको उनले बताए । यी सबैको उद्देश्य आमजनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउनु रहेको उनको भनाइ थियो । पुस्तकालयसहित ऊर्जा र अन्य क्षेत्रमा दुई देशबीच भएका सहमतिले आफ्नो नेपाल भ्रमणलाई अभूतपूर्वरुपमा सफल बनाएको धारणा थियो ।

परराष्ट्रमन्त्री साउदले त्रिवि केन्द्रीय पुस्तकालयले नवनिर्मित भवन पाउँदा दुई देशको सम्बन्धलेसमेत कोशेढुङ्गाको पार गरेको धारणा राखे । भारत सरकारले भूकम्पलगायतका अवस्थामा गरेको महत्वपूर्ण सहयोगले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गराएको उनले बताए । दुई देशबीचको आपसी सहयोग र सद्भावले आगामी दिनमा समेत थप उचाइ पाउने विश्वास मन्त्री साउदले व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डा. शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि नै भारतीय सहयोग पाउँदै आएको बताए। त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनले यसलाई डिजिटल स्रोतसहित देशमा ज्ञानको सर्वाधिक ठूलो अत्याधुनिक खोज केन्द्र बनाएको धारणा थियो ।

त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीनतले नवनिर्मित पुस्तकालयलाई एकैसाथ दुई हजार विद्यार्थी प्रयोग गर्न सक्नेछन् । यहाँ अपाङ्गमैत्री शौचालय तथा लिफ्टलगायतका सुविधासमेत छन् । ठाउँको हिसाबले यो पुस्तकालय नेपालकै फराकिलो पुस्तकालयमा पर्ने जानकारी पुस्तकालय प्रमुख सुवेदीले दिए । उनले पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी दिए ।

विसं २०७७ मा थालिएको पुस्तकालय निर्माण कार्य हालै सकिएको हो । यहाँ भारतीय पुस्तकको छुट्टै कोठासमेत रहेको छ । यसबाहेक पुस्तकालयमा ‘ई–रिसोर्सेज’मार्फत थप ज्ञान दिन ५० भन्दा बढी कम्प्युटर उपयोग गर्न दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?